close

वडाध्यक्षले मोटरसाइकल फिर्ता गर्दा, गाउँपालिकाले बाँड्यो हलो (भिडियाे खबर)

वडाध्यक्षले मोटरसाइकल फिर्ता गर्दा, गाउँपालिकाले बाँड्यो हलो (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने किसानलाई एक थान हलो अनुदानमा वितरण गर्ने, गोरु विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने पालिकाको उद्देश्य ।

 

२) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा-कलङ्की सडकखण्डमा वृक्षरोपण गर्ने, बोटबिरुवा र फूल रोप्नका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ रकम विनियोजन ।

 

३) झापाको भद्रपुर नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण परियोजनाका बिषयमा अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि तथा बैंकका प्रतिनिधिको सहभागिता ।

 

४) काभ्रेको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका कर्मचारीका लागि सकारात्मक सोचसम्बन्धी तालिम जारी, तीन दिने तालिममा २ वटा पालिकाका ३० जना कर्मचारीको सहभागिता ।

 

५) दाङको तुलसीपुर उपहानगरपालिकाभित्र तुलसीपुर विकास प्राधिकरणले सडक कालोपत्रे गर्न सुरु गर्‍यो, वार्षिक ६० किलोमटर सडक कालोपत्रे गर्ने पालिकाको लक्ष्य ।

 
६) रुकुम पूर्व भूमे गाउँपालिकाको गुनाममा एक घर, एक धारा आयोजना सम्पन्न, योजनाबाट १ सय १३ घरधुरी लाभान्वित ।


७) सरकारद्वारा स्थानीय तहमा कामकाजमा कर्मचारी खटाउने कार्य अर्को व्यवस्था नभए सम्मका लागि स्थगित,  कामकाज तथा सरुवालाई व्यवस्थित गर्ने सफ्टवेयर निर्माण हुने क्रम जारी ।

 

८) वागमती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोडिने, धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला सिन्धुलीको तीनपाटन र रामेछापको दोरम्बा गाउँपालिकामा कार्यक्रम सुरु ।


९) भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा समय बचत तथा ऋण सहकारी संस्थाद्वारा ५० हजार पाँच सय रुपैयाँ सहयोग, नगरप्रमुख सुनिल प्रजापतिलाई रकम हस्तान्तरण ।


१०) स्मार्ट सिटीको अवधारणामा अघि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले ‘विपद पोर्टल’ संचालनमा ल्यायो, जोखिम न्यूनिकरणका लागि सहयोग पुग्ने दावी । 


११) उदयपुरको कटारी नगरपालिका क्षेत्रमा भूमिहिन, सुकुम्बासी, र अव्यवस्थित परिवारको तथ्यांक संकलन सम्पन्न , अव जग्गा नाप्न फिल्डमा कर्मचारी खटाइने ।


१२) नवलपुरको हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन, केन्द्रबाट नागरिकलाई निःशुल्क रूपमा आधारभूत सेवा प्रदान गरिने ।

 

१३) पर्साको बिन्दवासिनी गाउँपालिका-२ को वडाध्यक्ष सञ्जय चौहानले वडा कार्यालयको कामकाजको लागि पालिकाबाट लिएको मोटरसाइकल फिर्ता गरे, साहले आफ्नै सवारी साधन प्रयोग गर्ने ।


१४) गुल्मीको तम्घासमा आयुर्वेद सेवा केन्द्र विस्तार, रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले गरे सेवा केन्द्रको उद्घाटन ।


१५) रौतहटको कटहरिया नगरपालिका अन्तर्गत रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा अनलाइन मार्फत रसिद काट्न सुरु, बिरामीलाई सहज ।

 

१६) मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकाले राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्ने, आगामी चैत दोस्रो सातादेखि राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता गर्न लागिएको गाउँपालिकाद्वारा जानकारी । 

 

१७) भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ले मरेका कुखुरा जथाभावी नफाल्न वडाबासीलाई आग्रह, जथाभावी फालेको फोहोर तथा मरेका कुखुराका कारण वडामा दुर्गन्ध फैलिएको जनगुनासो । 


१८) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु, २१ मावि र १४ आधारभूत विद्यालयमा पढ्ने ३ हजार ३ सय १० छात्रालाई प्याड वितरण गरिने ।


१९) नवलपुरको देवचुली नगरपालिकाको वडा नम्बर ९ पूर्ण सरसफाइमुक्त क्षेत्र घोषणा, ४५ वटा सूचक पूरा गरेसँगै नगरप्रमुख पूर्णकुमार श्रेष्ठले पूर्णसफाइमुक्त क्षेत्र घोषणा । 

 

२०) मोरङ र इलामको संगमस्थलकुइनेटार पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै, मोरङको मिक्लाजुङ गाउँपालिका र दक्षिणी इलामको चुलाचुली गाउँपालिका जोड्ने कुइनेटारमा बन्यो झोलुंगे पुल  ।