close

कृषकलाई बढी अन्न उब्जाउन सिकाउँदै राप्ती 

कृषकलाई बढी अन्न उब्जाउन सिकाउँदै राप्ती 

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकाले कृषकलाई व्यावसायिक खेतीमा आकर्षित गराउने उद्देश्यले तालिम दिन सुरु गरेको छ । 


राप्ती गाउँपालिकाको वडा नम्बर ६ र ७ का कृषक समूहलाई भेला गरेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै आयआर्जन बढाउन तालिम दिन थालिएको हो । 

 

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत सुरु भएको पहिलो चरणमा १ सय जना कृषकलाई व्यावसायिक तालिम दिइएको छ ।


तालिम उद्घाटनमा राप्तीका कृषि प्रसार शाखा संयोजक महेश अधिकारीको अध्यक्षता, उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्य, वडा नम्बर ५ का वडाध्यक्ष गोवद्र्धन रावत, वडा सदस्य भीमलाल चौधरी, टीका बस्नेत सहभागी थिए ।


वडा नम्बर ६ र ७ का २५ जना कृषकको ४ वटा समूहलाई ८ दिनसम्म तालिम दिइने कृषि अधिकृत अनिल अधिकारीले जानकारी दिए ।