close

भक्तपुर नगरपालिकामा उसु प्रतियाेगिता

भक्तपुर नगरपालिकामा उसु प्रतियाेगिता

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरव्यापी विद्यालय स्तरीय उसु प्रतियोगिताका विजेतालाई पदक वितरण गरिएको छ । वडा नम्बर ३ को आयोजनामा पद्म मावि प्रांगणमा भएको नगरव्यापी विद्यालय स्तरीय उसु प्रतियोगिता उद्घाटन तथा समापन सोमबार भएको थियो । 

 

कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेकी हुन् । 

 

ब्वाइज् तिलूमा जेसिस् ई. स्कुलका समिट श्रेष्ठ, लिटिल वल्र्ड स्कुलका एलेक्स सुवाल र जेसिस् ई. स्कुलका उत्सव खाइतु क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स तिलुमा जेसिस् ई. स्कुलका अदीति वीरबल, मतिना कोजू र उजा नापित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए । 


    
ब्वाइज् सान्चो २५-३० केजी तौल समूहमा जेसिस् ई. स्कुलका रिडम लामा, जनिथ कोजू, रेमण कोजू क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स सान्चो २५-३० केजी तौल समूहमा मेधा माविका आयुश्री शिल्पकार, ज्ञान विजय माविका सिर्जना क्षेत्री र हिमालयन स्कुलका कृजना कुचुमणि क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।


ब्वाइज् सान्चो ३०-३५ केजी तौल समूहमा जेन्युइन ई. स्कुलका दिव्यांसु सुवाल, जेसिस् ई. स्कुलका समीर गोर्खाली र निग्मा लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने गल्र्स सान्चो ३५-४५ केजी तौल समूहमा जेसिस् ई. स्कुलका कृति थापा, रजिशा कोजू र अनुष्का विखल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।


    
ब्वाइज् सान्चो ४०-४८ केजी तौल समूहमा जेसिज् ई. स्कुलका अनुज धौभडेल, पद्म माविका धीरजकुमार मण्डल र विशेष खर्बुजा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने ४८-५२ केजी तौल समूहमा जेजिस् ई. स्कुलका कृतिन सुवाल प्रथम, पद्म माविका विशेष मोक्तान द्वितीय भए । 

 

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्पm पद्म माविका धीरजकुमार मण्डल र छात्रातर्पm जेसिस् ई. स्कुलका अदीति वीरबलले प्राप्त गरे ।