close

वडाध्यक्ष बने कम्फु-कराँतेका ओलम्पिक प्रशिक्षक

वडाध्यक्ष बने कम्फु-कराँतेका ओलम्पिक प्रशिक्षक

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भूपराज पाठक नेपाल ओलम्पिक कमिटीले प्रकाशित गरेको राष्ट्रिय कराँते प्रशिक्षकको सूचीमा सूचीकृत भएका छन् ।

 

वडाध्यक्षमा निर्वाचित भइसकेपछि पनि स्थानीय स्तरमा देवचुली डोजाङ गठन गरेर स्थानीय युवा-युवतीलाई कराँते सिकाइरहेका छन् । 

 

वडाध्यक्ष पाठकलाई नेपाल ओलम्पिक कमिटीले १ वर्षका लागि राष्ट्रिय प्रशिक्षकको रूपमा सूचीकृत गरेको हो । २०६१ बाट कराते खेल्न सुरु गरेका पाठकले २०६३ चैतमा ब्ल्याक बेल्ट प्राप्त गरी कराँतेको प्रशिक्षकको रूपमा काम गर्दै आएका थिए । 

 

सुरुआती दिनमा भीमसेन आदर्श माध्यमिक विद्यालय रामबास र पृथ्वी माध्यमिक विद्यालय पृथ्वीनगरबाट प्रशिक्षण सुरु गरेका उनले देवचुली नगरपालिकाको वडा नम्बर ७ मा देवचुली डोजाङमार्फत कराँते खेलाडी उत्पादन गरिरहेका छन् ।