close

सांस्कृतिक महोत्सव आयोजना गर्दै भक्तपुर 

सांस्कृतिक महोत्सव आयोजना गर्दै भक्तपुर 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरमा दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णिमा महोत्सव २०७७ आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर ७ महेश्वरी खेल मैदानमा ९ दिने लामो महोत्सव आयोजना गरिन लागेको हो । 

 

फागुपूर्णिमालाई लक्षित गरी १३ देखि २१ चैतसम्म ममता केन्द्र नेपालको आयोजनामा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवका संयोजक संगम लामाले दैनिक उपभोग्य सामान एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिन लागेको बताए । 


१ सय वटा विभिन्न स्टल रहने मेलामा स्थानीय व्यापारीका लागि १५ प्रतिशत छुट व्यवस्था गरिनेछ । विभिन्न कम्पनीका स्टल, खेलकुद तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइनेछ । 

 

मनोरन्जनका विभिन्न खेल, स्थानीय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति पनि हुने संयोजक लामाले जानकारी दिए । करिब ७३ लाख रुपैयाँ लागतमा महोत्सव हुन लागेको उनले बताए । 

 

महोत्सवको व्यवस्थापन चाँगुनारायण पार्टी प्यालेस र टेन्ट हाउस प्रालिले गर्नेछन् । मेलामा कराँते प्रतियोगिता, भक्तपुर डान्स आइडल २०७७ तथा विभिन्न खेल विधा समावेश गरिएको लामाले जानकारी दिए ।

 

काठमाडौं उपत्यकालगायत काभ्रे, सिन्धुपाल्चोक र रामेछापबाट करिब २ लाख मानिसले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 

भक्तपुर नगरप्रमुख सुनील प्रजापतिले उद्घाटन गर्ने महोत्सवमा कलाकार दुर्गेश थापा, शिव परियार, प्रीति आले, कमल खत्री, अर्जुन कौशल, विशाल थिङ, सन्ध्या बुढा, रमेश भट्टराई, ज्योति मगर, रोज मोक्तान, कुमार सागर, मनीषा श्रेष्ठ, सुजल मधिकर्मीलगायत कलाकारको प्रस्तुत रहनेछ ।