close

२१९ विपन्नलाई कन्काईको घर उपहार

२१९ विपन्नलाई कन्काईको घर उपहार

Trulli
ADVERTISEMENT

झापा- झापाको कन्काई नगरपालिकाले ३ वर्षभित्र २१९ गरिब विपन्न परिवारलाई घर बनाएर वितरण गरेको छ । अर्को आर्थिक वर्षभित्रै नगरपालिकालाई जीर्ण घरमुक्त नगरका रूपमा घोषणा गरिने नगरप्रमुख राजेन्द्र पोखरेलले बताए ।

 

यसका लागि यो आर्थिक वर्षमा दातृ निकायसँग साझेदारी गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

 

यसअघि कन्काई देशकै पहिलो विद्युत् चुहावटमुक्त नगर घोषणा भएको थियो । अबको केही महिनामै देशकै पहिलो सुकुम्बासी तथा अव्यवस्थित बसोबास शून्य नगर घोषणाको तयारीमा पुगेको छ । 

 

अर्को वर्ष विकासको बजेट कटौती गरेरै भए पनि कन्काईलाई देशकै पहिलो जीर्ण घरवासमुक्त नगर घोषणा गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाको साझेदारी संस्थाका रूपमा सहारा नेपाल र ह्याबिट्याट नेपाल रहेका छन् । उनीहरूकै सहयोगमा यो काम गर्न सकेको पोख्रेलले बताए । 

 

कन्काईको वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोविन्दप्रसाद पौड्यालले निर्वाचनका बेला जनप्रतिनिधिले बोलेका कुरा धेरै पूरा भएको दाबी गरे । २१९ घर निर्माण हुनु र बाँकी घरसमेत निर्माण गर्दै लगिने उनको भनाइ छ ।

 

३ वर्षपहिले झापामा आएको बाढीले वितन्डा मच्याएपछि यस प्रकारका घर निर्माण हँुदै आएका छन् । कन्काई नगरपालिकामा समेत स्थानीय सरकार गठनपछि मेयर आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिँदै आएको छ ।