close

सिन्धुपाल्चोकमा लालपुर्जाको खात, राप्तीका कृषकलाई लाभैलाभ (भिडियाे खबर)

सिन्धुपाल्चोकमा लालपुर्जाको खात, राप्तीका कृषकलाई लाभैलाभ (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिन्धुलीको मरिण गाउँपालिकाद्वारा कक्षा १० सम्म पूर्ण रूपले निःशुल्क शिक्षाको व्यवस्था, कक्षा ९ र १० का विद्यार्थीलाई पढाउन वार्षिक ३ हजारका दरले विद्यालयलाई पालिकाले अनुदान पनि दिन ।

 

२) प्युठानको झिमरुक गाउँपालिका सौतामारेमा अपांगमैत्री विद्यालय भवन निर्माण गर्दै, भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने ।


३) मोरङको विराटनगर महानगरपालिकाद्वारा गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूतिका लागि अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स सञ्चालन,  गर्भवती महिलाले प्रसूति सेवाका लागि निःशुल्क सेवा पाउने ।


४) दाङको राप्ती गाउँपालिकाद्वारा कृषकलाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम सुरु, कृषकलाई ८ दिनसम्म तालिम दिइने ।


५) काभ्रेको पाँचखाल नगरपालिकाले मदिरा सेवन, उत्पादन र बिक्री वितरणका लागि अनुमति लिनुपर्ने नियम बनायो, सेवनकर्ताले वार्षिक शुल्क तिरेरै कार्ड लिनुपर्ने ।

 
६) अख्तियार टोलीको आँखा छलेर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत फरार भएपछि धनुषाको बटेश्वर गाउँपालिकाको कामकाज १५ दिनदेखि ठप्प, अध्यक्षलाई कारबाहीको माग गर्दै स्थानीयले पालिकाको कार्यालयमा लगाएको ताला खुलाउन जनप्रतिनिधिले पहल नै गरेनन् ।


७) काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुलामञ्चलाई खाली गर्ने, बाँकी रहेका निर्माण सामग्री हटाउने काम जारी ।


८) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अवस्थित धिप्लुङ झरनाको पर्यटन पूर्वाधार निर्माणका लागि ५ करोड रुपैयाँकोे ठेक्का आह्वान, आवश्यक संरचना निर्माण गर्न डिपिआर पनि तयार ।


९) महिलालाई स्कुटर सिकाउँदै काभ्रेको नमोबुद्ध नगरपालिका, १४ चैतसम्म सञ्चालन हुने तालिममा ४२ जनाको सहभागिता । 


१०) अछामको कमलबजार नगरपालिकासँगै तुर्माखाँद र चौरपाटी गाउँपालिकामा प्रादेशिक एवं स्थानीय कार्यक्रमअन्तर्गत सडक निर्माण हुने, तीन पालिकासँग संघ र प्रदेश सरकारले गर्‍यो सम्झौता । 

 

११) पाल्पाको रामपुर नगरपालिकाले बरडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण सुरु गर्‍यो, बरडाँडा क्षेत्रबाट कालीगण्डकी बेँसीका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने ।


१२) मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा वडा नम्बर १० मा २ महिने निःशुल्क ढाकातान तालिम सुरु, तालिममा महिलाको सहभागिता ।


१३) मुगुको छायानाथ रारा नगरपालिकाले गर्‍यो नगर प्रहरी भर्ना, छनोट भएका ३१ जना नगर प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मुगुले तीन महिना तालिम दिने ।


१४) डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन्, वडाबासीलाई सहज ।


१५) रूपन्देहीको सैनामैना नगरपालिकाले घर नक्सा अभिलेखीकरण गर्न जारी गर्‍यो सूचना, आवश्यक कागजपत्रसहित २०७८ जेठ मसान्तसम्म अभिलेखीकरण गर्न नगरबासीलाई आग्रह ।


१६) कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर, उपमेयर कप छात्रछात्रा क्रिकेट प्रतियोगिता सुरु, प्रतियोगिता १२ चैतसम्म चल्ने ।


१७) भक्तपुर नगरपालिकाले दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णिमा महोत्सव महेश्वरी खेल मैदानमा १३ चैतदेखि गर्ने, महोत्सवमा १ सय वटा विभिन्न स्टल रहने ।


१८) स्थानीय तहलाई सञ्चित कोषलगायतका खाता एउटै बैंकमा खोल्न महालेखा नियन्त्रकको कार्यालयको निर्देशन, एउटाभन्दा बढी बैंकमा खाता खोल्दा हिसाबकिताब फस्र्योटमा समस्या भएको महालेखाको भनाइ ।


१९) बाजुराको बूढीगंगा नगरपालिकामा कृषक पेन्सन कार्यक्रम सुरु, ३७ जना कृषकलाई पहिलो चरणमा कृषक पेन्सन परिचयपत्र वितरण ।


२०) आफ्नो स्थानीय तहभित्र रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक उपलब्ध गराइदिन भूमि आयोग सिन्धुपाल्चोकले जिल्लाका सबै स्थानीय तहलाई काट्यो पत्र ।