close

मखमल जुत्ता बनाउन सिकाउँदै देवदह

मखमल जुत्ता बनाउन सिकाउँदै देवदह

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको देवदह नगरपालिकामा १ महिने मखमल जुत्ता बनाउने तालिम सुरु भएको छ । ग्लोबल ट्रेनिङ सेन्टरको व्यवस्थापन तथा देवदह नगर कार्यपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । 

 

कार्यक्रमको देवदह नगरप्रमुख हिरा केसीले उद्घाटन गरे । कुनै पनि तालिम लिइसकेपछि त्यसलाई प्रमाणपत्रमा मात्रै सीमित नगर्न सहभागीलाई उनको आग्रह छ ।

 

खत्रीले महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आयआर्जनमूलक सीप आवश्यक रहेकाले नगरपालिकाले तालिमको व्यवस्था गरेको जानकारी दिए । 

 

तालिममा प्रशिक्षक नम्रता पचभैया मगर र भगवती बस्यालले प्रशिक्षण दिनेछन् । तालिममा देवदहको वडा नम्बर ७ र ८ का गरी ४० जना महिला सहभागी रहेको ग्लोबल ट्रेनिङ सेन्टरका प्रबन्धक निर्देशक हेमा वेलबासेले बताए ।

 

देवदहका उप-प्रमुख विद्यालक्ष्मी गुरुङ, वडा नम्बर ७ का वडाध्यक्ष पदम थापा, वडा नम्बर ८ का वडाध्यक्ष दण्डापाणि भट्टराई, नगरपालिका कार्यपालिका सदस्य बन्दु कुमाल, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेलगायत उपस्थित थिए ।