close

उद्यमशीलता कार्यक्रम सञ्चालन गर्दै चाँगुनारायण

उद्यमशीलता कार्यक्रम सञ्चालन गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले उद्यमी बन्न चाहने करिब ४ सय जना युवालाई साताव्यापी तालिम सञ्चालन गरेको छ । मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत छनोटमा परेका ३ सय ९० जना युवालाई पालिकाले तालिम दिएको हो । 

 

युवामा कामको सम्भाव्यता, बजार व्यवस्थापन, अरू व्यापार व्यवसायबारे थप ज्ञान सिकाइ व्यवसायी बन्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकाका अधिकृत विजयकुमार शर्माका अनुसार तालिममा छनोट भएका युवाहरू जीवाइवी अर्थात् जेनेरेट युअर बिजनेस र एसयुबी अर्थात् स्टारत युअर बिजनेस विषयमा ७ दिने तालिम दिइनेछ । 

 

तालिममा युवालाई उद्यम कसरी गर्ने, लगानीलगायत विषय सिकाउनुका साथै कार्ययोजनाको प्रतिवेदनसमेत निर्माण गर्न सिकाइने उनले बताए । 

 

‘२८ जनाको समूह बनाई प्रतिवेदन बनाउन सिकाइनेछ,’ उनले भने, ‘सोही प्रतिवेदन र उद्यमी बन्न चाहेको या नचाहेको निर्क्याेल गरी ३ सय जना युवालाई उद्यमी बनाउन ऋण उपलब्ध गराइनेछ ।’ 

 

तालिमका लागि नगरले राष्ट्रिय युवा परिषद् र राष्ट्र बैंकसँग सहकार्य गर्दै आएको छ । तालिमका लागि १ हजार १२ जना युवाको आवेदनमध्ये अभिमुखीकरण कार्यक्रमबाट ३ सय ९० जना छनोट भएका हुन् ।

 

छनोट भएकामध्ये ३ सय जनालाई उद्यमी बनाउन नगरपालिकाले बिनाव्याज ३ लाख रुपैयाँ दिनेछ ।