close

अन्तरनगर बुद्धिचालको उपाधि हेटौंडाको पोल्टामा

अन्तरनगर बुद्धिचालको उपाधि हेटौंडाको पोल्टामा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तरनगर बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरले जितेको छ । 

 

२९ फागुनदेखि ३ चैतसम्म भक्तपुरको महेश्वरी बैङ्क्वेटमा भएको खेलमा ललितपुर महानगरलाई पछि पार्दै हेटौंडाले उपाधि आफ्नो पोल्टामा पारेको हो । 

 

सहिद दिवस अवसर पारेर भक्तपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ७ वटै प्रदेशका २२ वटा स्थानीय तहले सहभागिता जनाएका थिए ।

 

यीमध्ये प्रथम हेटौंडा, द्वितीय ललितपुर र तृतीय काठमाडौं महानगरपालिका हुन सफल भएको छ । 

 

विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा सांसद प्रेम सुवालले ट्रफी र प्रमाणपत्रसहित क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार वितरण गरेको थियो । 

 

त्यस्तै, भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ५५ वटा विद्यालयबाट १८६९ जना खेलाडीले सहभागिता जनाएका थिए । 

 

विजयी सबै टिमलाई नगरप्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी, सांसद प्रेम सुवाल र बागमति प्रदेशका सांसद सिर्जना सैंजुले बधाइ दिए ।