close

सरकारले किसानको धान खरिद गर्ने

सरकारले किसानको धान खरिद गर्ने

Trulli
ADVERTISEMENT

धनुषा- उत्पादनले बजार नपाउँदा चिन्तित बनेका प्रदेश २ का धान किसानलाई केही राहत हुने भएको छ । संघीय कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न छलफलले धानको न्यूनतम मूल्य निर्धारण गरी सरकारी स्तरबाटै धान खरिद गर्ने सहमति जुटाएको छ ।


त्यसका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । छलफलमा किसानलाई धानको उचित मूल्य उपलब्ध गराउन विभिन्न विकल्पमाथि छलफल भएको थियो । 


छलफलमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, संघीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीहरू सहभागी थिए ।


उक्त अवसरमा संघीय मन्त्री भुसालले किसानले उत्पादन गरेका जुनसुकै वस्तुको उचित मूल्य निर्धारण गरी उनीहरूको परिश्रम र लागतलाई खेर जान नदिइने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘प्रदेश २ मा मात्र नभई नेपालभरकै किसानले धानको मूल्य पाउन सकेका छैनन् । सरकारले नै मूल्य निर्धारण गरेर किनिदिएपछि उनीहरूले उचित मूल्य पाउन सक्नेछन् ।’