close

ओमसतियामा औद्योगिक विकास मन्थन

ओमसतियामा औद्योगिक विकास मन्थन

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देही उद्योग संघ र ओमसतिया गाउँपालिकाबीच औद्योगिक विकासका लागि अन्तक्र्रिया सम्पन्न भएको छ । संघको आयोजनामा ‘औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया ओमसतियाको कार्यालयमा सम्पन्न भएको हो । 

ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केबट राहुल सहभागी कार्यक्रममा संघका अध्यक्ष बाबुराम बोहराले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।

 

उनले स्थानीय स्रोत–साधनको परिचालन गरी उद्यमशीलता विकास, रोजगारी अभिवृद्धि र व्यावसायिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ संघले जिल्लाका १६ वटै स्थानीय तहसँग छलफल आयोजना गरेको बताए ।

 

रेमिट्यान्स र सहयोगले धानेको अर्थतन्त्रमा सुधार ल्याउन र स्वाधीन अर्थतन्त्रको निर्माण गर्न कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन एवं उत्पादनशील वृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।


कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट राहुलले औद्योगिक विकासका लागि पालिकाले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिएको एवं स्थानीय उद्योगको विकास, लगानी वृद्धि, संरक्षण र स्थानीय उत्पादनको बजारीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

 

कार्यक्रममा ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले पालिकाले औद्योगिक विकासका सन्दर्भमा तयार गरेका नीतिगत व्यवस्थाबारे जानकारी गराए । पालिकामा सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाई स्थानीय स्तरमा रोजगारी अभिवृद्धिका लागि गाउँपालिका प्राथमिकताका साथ अगाडि बढिरहेको उनले बताए ।

 

गाउँपालिकाले व्यवसाय दर्ता इकाइ स्थापना गर्नुका साथै उद्यम सहजकर्ता नियुक्त गरी अघि बढिरहेकाले निजी संस्थासँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।
 
सोही अवसरमा ओमसतियामा उद्योग सञ्चालन गरेका उद्योगी दीपक पौडेलले उद्योग सञ्चालनका क्रममा भोग्नुपरेका अप्ठेराबारे सहभागीलाई जानकारी गराए । संघले जिल्लाका हरेक स्थानीय तहमा पुगेर त्यस क्षेत्रको सम्भावनाको खोजी गर्ने, कृषिको व्यवसायिकीकरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने, रोजगारी अभिवृद्धि गर्न बहस जारी राखिने बताएको छ । 

 

संघका सचिव हिरामणि भट्टराईको सञ्चालनमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा प्रथम उपाध्यक्ष दिलीप सापकोटा, गाउँपालिका उपप्रमुख सुन्दरमतिकुमारी हरिजन, संघका पदाधिकारी, गाउँपालिका अधिकृत एवं स्थानीय उद्योगीको सहभागिता थियो ।