close

जनप्रतिनिधिको अगुवाइमा सिकैचामा बर्थिङ सेन्टर 

जनप्रतिनिधिको अगुवाइमा सिकैचामा बर्थिङ सेन्टर 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– जनप्रतिनिधिको पहल, उपभोक्ता समितिको सक्रियता र पालिकाका प्रशासनिक अगुवाहरू प्रयासमा ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा शिलान्यासको ३ महिनामै बर्थिङ सेन्टरको निर्माण पूरा भएको छ । 

 

२२ मंसिरमा शिलान्यास गरिएको बर्थिङ सेन्टर २२ फागुनमै पूरा भएपछि गाउँपालिकाले निर्माणमा जुट्ने सबै पक्षलाई धन्यवाद दिएको छ । 

 

पालिका अध्यक्ष टीकाराम गुरुङले नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गर्दै निर्धारण गरिएको समयावधिमै बर्थिङ सेन्टर निर्माण भएकामा जनप्रतिनिधि र नियमनमा जुटेको प्रशासनिक टिमलाई धन्यवाद दिए ।

 

उनले बर्थिङ सेन्टर निर्माणमा सहयोग गर्ने दातृ निकाय वन हर्ट वल्र्डवाइडलाई समेत आभार प्रकट गरे । कुल २५ लाख १२ हजार २ सय ४९ रुपैयाँ लागतमा बनेको बर्थिङ सेन्टरका लागि वन हर्टले १० लाख ९८ हजार ७ सय ४४ रुपैयाँको साझेदारी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

सिरिजंंघा गाउँपालिकाले १२ लाख १ हजार ४ सय ८० र २ लाख १२ हजार २६ रुपैयाँ जनश्रमदानबापत खर्च भएको बर्थिङ सेन्टर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सिरिजंघाको वडा नम्बर ३ सिकैचाका वडाध्यक्ष सन्तोष चाम्लिङले बताए । 

 

वडाध्यक्षले सुटुक्क बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा आफूहरूले प्रयोग गर्दै आएको सिन्दुरेढुंगा लिदिङ खोला लघु जलविद्युत् आयोजनालाई असर पर्ने स्थानीय बताउँछन् ।