close

कतै पोषणभत्ताको हतारो कतै लालपूर्जाकै चटारो (भिडियो खबर)

कतै पोषणभत्ताको हतारो कतै लालपूर्जाकै चटारो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) तात्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो नगरप्रमुख अशोक कोइरालाको निधन, महानगरपालिकाले दियो शोक बिदा ।


२) रूपन्देहीको बुटवल उपमहानगरपालिकामा बटौली युद्ध संग्रहालय निर्माण सुरु, संग्रहालय निर्माण गरेर पर्यटक आकर्षित गर्ने पालिकाको योजना ।


३) नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन सुरू, संक्रमितलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न पालिकाको अनुरोध ।


४) कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ मा विपद् व्यवस्थापन समिति गठन, बाँकी दुई वडामा पनि तत्कालै समिति गठन गर्ने पालिकाको योजना ।

 

५) सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाद्वारा अपांगता भएका व्यक्तीको स्वास्थ्य परीक्षण, पालिकाले अपांगता परिचयपत्र पनि वितरण गर्ने ।


६) बागलुङ नगरपालिकाद्वारा पाँच लाखको वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष स्थापना, कला साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउनेलाई कोषबाट प्राप्त व्याज रकमले पुरस्कृत गरिने । 

 
७) तनहुँको शुक्लागण्डकी नगरपालिकाले १३ चैतदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने, टिम दर्ता गर्न नगरपालिकाको आग्रह ।

 

८) सप्तरीको कञ्चनरुप नगरपालिकाले नगर प्रहरी नियुक्ती गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

९) कपिलवस्तुका १० र रूपन्देहीका १६ पालिकाभित्र रहेका बेरोजगार अपांगता भएकालाई ऊर्जाशील अवसर परियोजनाले सिप सिकाउने, पालिकासँग सहकार्य हुने  ।

 

१०) रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको डिम्मुर गैरा गाउँमा पहिलो पटक सडक पुगेपछि स्थानीयले मनाए खुसीयाली, सडकलाई त्रिदेशीय मार्गका रूपमा जोड्ने लक्ष्य ।


११) खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ को वडा कार्यालयमा स्थानीयले लगाए ताला, बस्खाम खोलाको पानी वडाध्यक्षले अन्यत्र लैजान खोजेपछि स्थानीय रुष्ट ।


१२) काभ्रेको पाँचखाल नगरपालिकामा खोप र सरसफाई सम्बन्धी स्वास्थ्यकर्मी तथा पालिका खोप समन्वय समितिको दुई दिने समीक्षा गोष्ठी सुरु, कार्यशाला ६ चैतसम्म चल्ने ।

 

१३) सल्यानको शारदा नगरपालिकामा तेस्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, प्रतियोगितामा नगरका खेलाडीको सहभागिता । 

 

१४) पालिकालाई धुवाँमुक्त बनाउँदै रूपन्देहीको रोहिणी गाउँपालिका, पालिकाले स्थानीयलाई ५ सय वटा विद्युतीय चुल्हो वितरण गर्ने  ।

 

१५) कर्णालीका १० वटा जिल्लाका १३ वटा स्थानीय तहमा हालसम्म पनि सडकको पहुँच पुग्नै सकेन, नागरिक सास्ती खेप्दै । 

 

१६) गिनिज बुकमा नाम लेखाएको बागलुङ र पर्वत जोड्ने संसारकै लामो बेनामे झोलुङ्गे पुलको नामकरणका लागि उत्कृष्ट नाम छनोट गर्न बागलुङ नगरपालिकाद्वारा समिति गठन, नामाकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने । 

 

१७) म्याग्दीको मंगला गाउँपालिकाद्वारा महिलाको पोषण सुधारकालागि हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम सुरु, प्रत्येक वडामा स्वास्थ्य सामग्री वितरण गरिने ।


१८) भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन सकिएलगत्तै महोत्तरीको बर्दिवास नगरपालिकामा नापी प्रक्रिया सुरु, पहिलो चरणमा चार वटा वडामा नापी टोली परिचालन ।


१९) मातृभाषाबारे जागरण गराउने उद्देश्यका साथ ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाद्वारा ५ दिने स्थानीय भाषा नीति तथा मातृभाषा शिक्षा कार्यक्रम जारी, भाषालाई स्थानीय पाठ्यक्रममा समावेश गरिने ।


२०) र, भक्तपुरको चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडबीच विना धितो र विना ब्याज कर्जा दिने सहमति, तीन सय युवालाई तीन लाख कर्जा दिइने ।