close

लम्कीचुहामा वडास्तरीय विपद् व्यवस्थापन समिति

लम्कीचुहामा वडास्तरीय विपद् व्यवस्थापन समिति

Trulli
ADVERTISEMENT

कैलाली/लम्कीचुहा- कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ मा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ को आयोजना तथा तयार नेपालको सहयोगमा समिति गठन गरिएको हो ।

 

लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जनकबहादुर बमको संयोजकत्वमा १५ सदस्यीय वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको तयार नेपालका फिल्ड अफिसर प्रेमलाल कुश्मीले जानकारी दिए । 

 

समितिको सदस्यमा वडा सदस्य चन्द्रबहादुर विक, सुमित्राकुमारी चौधरी, कांग्रेसबाट केशवराज बजगाईं, एमालेबाट बलबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट देवीराम जैशी, जनता समाजवादी पार्टीबाट देशराज चौधरी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका तर्फबाट उपशाखा सदस्य पर्सबहादुर चलाउने, युवा क्लबबाट लोकेन्द्र सिंह, नकुल बम र अविशा विक रहेका छन् ।

 

यस्तै, विपद् प्रभावित क्षेत्रबाट खड्क विक र केवलपति चौधरी, इलाका प्रहरी कार्यालय लम्कीका प्रतिनिधि रहेका छन् । सदस्य सचिवमा वडा सचिव विष्णुकान्त प्याकुरेल रहेका छन् ।

 

वडाध्यक्ष जनकबहादुर बमको अध्यक्षतामा भएको समिति गठन कार्यक्रममा कार्यपालिका सदस्य दुर्पता विक, बिर्मा बिक , तयार नेपालका फिल्ड अफिसर प्रेमलाल कुश्मी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सेनालगायत उपस्थित थिए ।


आगामी बैठकमा विपद् व्यवस्थापनसम्बन्धी आवश्यक कार्ययोजनासमेत निर्माण गर्ने निर्णय भएको वडा सदस्य तथा वडा स्तरीय विपद् व्यवस्थापन समिति सदस्य चन्द्रबहादुर विकले जानकारी दिए । 

 

हालसम्म लम्कीचुहाका ८ वटा वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न भइसकेको र बाँकी २ वटा वडामा पनि तत्कालै समिति गठन गरिनेछ ।