close

आरोग्य सेवा सञ्चालन गर्दै सिदिङ्वा

आरोग्य सेवा सञ्चालन गर्दै सिदिङ्वा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आरोग्य सेवा सञ्चालनका लागि पक्की घरको खोजी थालेको छ । गाउँपालिकाले आफ्नो घर वहालमा दिन चाहनेहरूले भाडाको प्रस्तावित रकमसहित पालिकामा निवेदन दिन भनेका हो ।

 

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश ठाकुरका अनुसार घर वहालमा दिन इच्छुक व्यक्ति-संस्थाले जग्गाधनी प्रमाण प्रतिलिपि वा हकभोग देखिने कागजात र हालसम्म मालपोत कर तिरेको कागजातसहित आवेदन गर्नुपर्नेछ ।

 

यस्तै, व्यक्ति वा संस्थाको दुवैको हकमा घरको एकाधिकार एकलौटी रहेको तथा संस्थाको हकमा दर्ता प्रमाणपत्रसमेत भएको हुनुपर्ने पालिकाले सर्त अघि सारेको छ । वहालमा दिने घर सिदिङ्वा गाउँपालिकाको कार्यालय आसपासमा हुनुपर्ने तथा कम्तीमा ८/१० फिट क्षेत्रफल भएको पक्की घरको २ वटा कोठा हुनुपर्ने गाउँपालिकाको सर्त छ । 

 

पानी, बिजुली र शौचालय प्रबन्ध भएको, घरभाडा घरधनी र सिदिङ्वा गाउँपालिकाबीच सम्झौता भएको ६ महिना अवधिसम्म मान्य हुने, घरको मर्मतसम्भार र व्यवस्थापन सम्बन्धित घरधनीले गर्ने र गाउँपालिकाले पारित गरेको घर वहाल करबमोजिम कट्टा गरी भुक्तानी दिने सर्तमा घरको खोजी गरेको हो ।

 

सरकारले चालू आर्थिक बर्षका लागि घोषणा गरेको नीति तथा कार्यक्रममार्फत नै देशभरका सबै स्थानीय तहमा आरोग्य सेवा सञ्चालन गरिने भनेको थियो । आरोग्य सेवा आयुर्वेद उपचार प्रणाली सञ्चालन केन्द्र हो । यसअघि मिक्वाखोला गाउँपालिकामा आरोग्य सेवा केन्द्र सञ्चालनमा आइसकेको छ ।