close

रागे खोलामा सिँचाइ पोखरी बनाउँदै सिंजा 

रागे खोलामा सिँचाइ पोखरी बनाउँदै सिंजा 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको सिंजा गाउँपालिका विकास निर्माणमा अघि बढेको छ । पालिकाले सडक, विद्यालयका भवन, पुलपुलेसादेखि सिँचाइ पोखरी निर्माण गर्न थालेको हो । 

 

गाउँपालिकाको ४ नम्बर वडामा रागेखोला सिँचाइ पोखरी निर्माण गर्न थालिएको वडाध्यक्ष तथा प्रवक्ता नवीन शर्माले बताए । उनले भने, ‘गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा सिँचाइ पोखरी निर्माण गर्न थालिएको हो ।

 

२० लाख रुपैयाँ बजेटमा २ वर्षमा सम्पन्न गर्ने गरी उक्त पोखरी निर्माण गर्न लागेका हौँ ।’ 

 

उक्त सिँचाइ पोखरी निर्माणपछि २ र ४ नम्बर वडाको झन्डै २ सय ५० घरधुरीका खेतीयोग्य जमिन सिञ्चित हुने गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

 

उनले भने, ‘अन्नबाली उत्पादन बढाउन सिँचाइ आवश्यक छ । यो अन्नबाली उत्पादनको उर्भर भूमि पनि हो । तर, सिँचाइ नहुँदा समस्या थियो । पोखरी निर्माणपछि स्थानीयलाई सहज हुनेछ ।’