close

अन्नपूर्णका सुत्केरीलाई घ्यू र हर्लिक्स

अन्नपूर्णका सुत्केरीलाई घ्यू र हर्लिक्स

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा र न्याना कपडा वितरण सुरु गरेको छ ।  उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमअन्तर्गत गत साउनयता सुत्केरी भएकालाई कोसेली दिन थालिएको हो । 

 

गाउँपालिकाको महिला शाखाले प्रतिसुत्केरीलाई आधा लिटर घ्यू, १ बट्टा हर्लिक्स, एउटा बेबी सेट, आमा र बच्चाले लगाउने १÷१ सेट कपडा उपलब्ध गराइने जनाएको छ । कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा न. ५ का ८ र ६ का १८ जना सुत्केरीलाई पोषिला खानेकुरा र न्याना कपडा वितरण गरिएको थियो । 


गाउँपालिका उपाध्यक्ष केशमाया मगर, घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजा पुन, स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल, महिला विकास निरीक्षक सविना थापाको टोलीले सामग्री वितरण गरेका थियो । 


कार्यक्रममार्फत सुत्केरी र बच्चालाई भेटेर परिवार तथा छिमेकीलाई गर्भ, सुत्केरी र हजार दिनको महत्त्व, स्याहारसुसार, खानपान, पोषण, सरसफाइका विषयमा जानकारी गराइएको छ । कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । 


गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा २ वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अन्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन उपाध्यक्षसँग सुत्केरी घेटघाट कार्यक्रम सञ्चालन गरिएको हो । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म अन्नपूर्णमा ९० जना सुत्केरी भएका छन् । 


२०७८ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाउनेछन् । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श दिने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बरुवालले बताए ।