close

मेरिङ्देनलाई सिरिजंघाको सहयोग

मेरिङ्देनलाई सिरिजंघाको सहयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले मेरिङ्देन गाउँपालिकाको वडा नम्बर ३ दोभान बजारका अग्निपीडितलाई राहत रकम सहयोग गरेको छ । अग्निपीडितका लागि सिरिजंघाले मेरिङ्देनलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

 

सिरिजंघाका अध्यक्ष टीकाराम गुरुङले दोभान बजारमा पुगेरै मेरिङ्देनका अध्यक्ष गणेशबहादुर लिम्बूलाइ ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सिरिजंघाका अध्यक्ष गुरुङले पालिकाको प्रकोप व्यवस्थापन खातामार्फत यो सहयोग गरिएको बताए । 

 

एउटा पालिकाभित्रका जनतालाई दुःख पर्दा अर्को पालिकाबाट सहयोग गर्ने प्रचलन सुरु गर्ने पहलस्वरूप आगलागीपीडितलाई सहयोग गरेको सिरिजंघाका अध्यक्ष गुरुङको भनाइ छ । 


सिरिजंघाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले राहत वितरण प्रणालीमा एकद्वार नीति अपनाएको मेरिङ्देनलाई सहयोग अग्निपीडितको सहयोगका लागि रकम उपलब्ध गराइएको जानकारी दिए ।

 

गत १८ फागुनमा दोभान बजारमा भएको आगलागीमा परी ५० घर जलेर नष्ट भएका थिए भने करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।