close

विद्यार्थीलाई झोला, वडाध्यक्षलाई कारबाही होला ? (भिडियो खबर )

विद्यार्थीलाई झोला, वडाध्यक्षलाई कारबाही होला ? (भिडियो खबर )

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) ललितपुर महानगरपालिकाद्वारा महानगर क्षेत्रका भित्ता र पोलमा पर्चा र पम्पलेट टास्न निषेध, भित्तामा टाँसेको पम्पलेट निकालेर अभियान सुरु । 

 

२) बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा महिलासँग शङ्कास्पदरूपमा भेटिए होटलमा, वडाध्यक्ष र महिला प्रहरीको नियन्त्रणमा ।

 

३) ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितका लागि सहयोग जुट्नेक्रम जारी, सिरीजङ्घा गाउँपालिकाद्वारा पाँच लाख रुपैयाँको चेक मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई हस्तान्तरण ।

 

४) महोत्तरीको जलेश्वर नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दुर्गन्धित, नगरबासी नाकमुख थुनेर हिँड्न बाध्य ।

 

५) हुम्लाको सर्केगाड गाउँपालिकाद्वारा पशु गणना गर्न सुरु, आठवटै वडामा एकसाथ गणक परिचालन ।

 

६) दिसाजन्य लेदो व्यवस्थापन चुनौतीका रूपमा रहेको अवस्थामा स्याङ्जाको वालिङ नगरपालिका प्लान्ट सञ्चालनको तयारी,  नेपालगञ्ज उपमहानगद्वारा लेदो व्यवस्थापनका लागि सरोकारवालासँग छलफल ।


७) कञ्चनपुरको लालझाडी गाउँपालिका र नेपाल रेडक्रस जिल्ला शाखाबीच जैविक तटबन्ध निर्माणका लागि सम्झौता, अब दोदा लगायतका नदीमा तटबन्ध निर्माण गरिने ।

 

८) म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सुत्केरीलाई पोषिलो खानेकुरा र न्यानो कपडा वितरण गर्न सुरु, पहिलो चरणमा १८ जना सुत्केरीलाई खानेकुरा र कपडा वितरण ।

 

९) मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ द्वारा धिमाल बालबालिकालाई झोला वितरण, ४२ जना विद्यार्थीले पाए झोला ।


१०) विस्खाम खोलाको पानी अन्यत्र लैजान वडाध्यक्ष सन्तवीर तामाङले एकलौटी ढंगले अनुमति दिएको भन्दै खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ को वडा कार्यालयमा स्थानीयले ४ चैतदेखि लगाएको ताला अझै खुलेन, कामकाज प्रभावित ।


११) रूपन्देहीको सैनामैना नगरपालिकाले किशोर रानाको संयोजकत्वमा गठन ग¥यो खेलकुद विकास समिति, समिति मार्फत खेलकुदका कार्यक्रम अघि बढ्ने । 


१२) बाजुराको बूढिगंगा नगरपालिकाद्वारा महिला र किशोरीलाई स्यानिटरी प्याड तथा स्वच्छता सामग्री वितरण, ३ सय ५० घरका महिला र किशोरीले पाए प्याड र अन्य स्वास्थ्य सामग्री ।

 

१३) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने एक युवक सुर्खेतको वीरेन्द्रनगर नगरपालिबाबाट पक्राउ, पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका-२ का २७ वर्षीय दीपक बुढा ।


१४) धान सुपर जोन घोषित दक्षिणी झापाको कचनकवल गाउँपालिकामा इँटा उद्योगीले खेतीयोग्य जमिन खरिद गरी जथाभाबी माटो खन्दा किसान चिन्तित, न्यायका लागि किसानले दिए पालिकाको न्यायिक समितिमा निवेदन ।


१५) सिन्धुलीको कमलामाई नगरपालिका-६ शिवनगरमा दुई दिने दिने तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु, नगरप्रमुख खड्ग खत्रीले गरे प्रतियोगितको उद्घाटन ।


१६) काभ्रेको पाँचखाल नगरपालिकामा खोप र सरसफाई सम्बन्धी दुई दिने समीक्षा गोष्ठी सम्पन्न,  कार्यक्रममा स्वास्थ्यकर्मी तथा पालिका खोप समन्वय समितिका प्रतिनिधिको सहभागीता ।

 

१७) भक्तपुरको सूर्यविनायक नगरपालिकाले १७ जना मेलमिलापकर्तालाई दियो उच्च तहको ५ दिने तालिम, अब सबै वडा मेलमिलाप केन्द्र स्थापना गरिने ।


१८) रैथाने बाली जोगाउँदै कर्णालीका स्थानीय सरकार, जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा जिल्लामा क्रियाशील सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न ।


१९) स्थानीय तहमा स्थायी  कर्मचारीहरूलाई अविलम्ब सिटरोल भर्न राष्ट्रिय किताव खानाले जारी गर्‍यो सूचना, कतिपय कर्मचारीले हालसम्म पनि सिटरोल नै भरेनन ।


२०) र, धनुषाको सहिदननगर नगरपालिकाको वडा नम्बर ८ पूर्ण खोप सुनिश्चित वडा घोषणा ।