close

नगर विकास कोष र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटबीच समझदारीपत्रमा हस्ताक्षर

नगर विकास कोष र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटबीच समझदारीपत्रमा हस्ताक्षर

Trulli
ADVERTISEMENT

काठमाडौं-  नगर विकास कोषले जलवायु अनुकूलन तथा प्रभाव न्यूनीकरण र जलवायु परिवर्तन थेग्न सक्ने सार्वजनिक पूर्वाधारमा लगानी बढाउँदै लैजाने उद्देश्य राखेको छ । 


सोहीअनुरूप शुक्रबार ग्रिन उर्बान एन्ड इन्भेस्टमेन्टमा प्राविधिक सहयोग आदान-प्रदान गर्ने सम्बन्धमा नगर विकास कोष र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीपत्रमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नेपालका लागि ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटका प्रतिनिधि रोआन फ्रासेरले हस्ताक्षर गरे ।

आगामी ४ वर्षका लागि सञ्चालन हुने यस कार्यक्रमअन्तर्गतको प्राविधिक सहयोगलाई ग्रिन उर्बान डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्टका लागि आयोजना विकास गर्ने लक्ष्य राखिएको छ ।

दिगो लगानी तथा हरित जलवायु कोषको स्रोत परिचालनका लागि आयोजना विकास गर्नमा उपयोग गरिनेछ