close

रूपन्देहीका १६ पालिकामा ३७ हजारले लगाए कोरोनाविरुद्धको खोप

रूपन्देहीका १६ पालिकामा ३७ हजारले लगाए कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीका १६ पालिकामा दोस्रो चरणको कोरोनाविरुद्धको खोप ३७ हजार ५ सय ९१ जना ज्येष्ठ नागरिकले लगाएका छन् । २ चरणमा १६ पालिकामा कोरोनाविरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार १६ पालिकामा ६५ वर्षमाथिका नागरिक बुटवल उपमहानगरमा ४७ सय १४, सैनामैनामा २५ सय १०, तिलोत्तमा ७ हजार ४२, देवदहमा २६ सय ३१, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३५ सय ६६ जनाले खोप लगाएका छन् ।

 

यस्तै, कञ्चन गाउँपालिकामा १२ सय ७४ मायादेवीमा १५ सय ९५, गैडहवामा २ हजार ३९, सिद्धार्थ नगरपालिकामा १५ सय ८२, सियारी गाउँपालिकामा १५ सय ८२ शुद्धोधनमा ११ सय ४२, कोटहीमाईमा १८ सय ८८, सम्मरीमाई गाउँपालिकामा १८ सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

स्वास्थ्य कार्यालयका अनुसार मर्चवारी गाउँपालिकामा २५ सय ७१, ओमसतियामा ११ सय ८६ र रोहिणीमा १६ सय ६१ जना ६५ वर्षमाथिका नागरिकले खोप लगाए ।

 

रूपन्देहीमा ५२ हजार ६ सय ७८ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य भए पनि ३७ हजार ५ सय ९१ अर्थात् (७१ प्रतिशत) ले खोप लगाएको डा. गिरीले बताए । 

 

भ्याक्सिन खपत ३८ सय २ र खेर जाने दर न्यून रहेको डा. गिरीको भनाइ छ । रूपन्देहीका १६ पालिकामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीका साथै टोल विकास संस्था, क्लबहरूले समेत सहयोग पुर्‍याएको पालिका प्रमुखहरूले बताए ।

 

रूपन्देहीका १६ पालिकामध्ये बढी खोप तिलोत्तमा नगरपालिकामा लगाइएको छ । तिलोत्तमामा ७ हजार ४२ जनाले खोप लगाए, जुन कुल जनसंख्याको ४ प्रतिशत हो ।