close

७ सय वर्ष पुरानो पौराणिक आगँछे पुनर्निर्माण गर्दै थिमि

७ सय वर्ष पुरानो पौराणिक आगँछे पुनर्निर्माण गर्दै थिमि

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक महाविहार दिगु बहाःको आँगछे पुनर्निर्माण गर्ने भएको छ । पौराणिक सम्पदाको रूपमा रहेको उक्त आगँछे पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । 

 

नगरपालिकाको वडा नम्बर ५ को पुरानो बस्तीमा रहेको उक्त आगँछे परम्परागत शैलीमा चुक, दाची अपाको प्रयोग गरी पुनर्निर्माण गर्न लागिएको हो । उपभोक्ता समिति गठन गरी आगँछेको पुनर्निर्माण गरिनेछ । 

 

सिमेन्ट तथा आधुनिक कच्चा पदार्थको प्रयोग नगरी मौलिक शैलीमा पुनर्निर्माण गर्ने दाबी नगरपालिकाको छ । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार आगँछेले ७ सय वर्षभन्दा पुरानो संस्कृति बोकेको छ । करिब ३ वर्षअगाडि स्थानीय दन्दपाणि वज्राचार्यले आगँछेको पुनर्निर्माण गरेका थिए । 

 

‘जीर्ण भएपछि हामीले पुनर्निर्माण गर्न लागेका हौँ । यसका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ,’, उनले भने ‘अर्को आर्थिक वर्षमा कार्य सम्पन्न हुनेछ । बजेट नपुगे पुनः विनियोजन हुनेछ ।’