close

स्थानीय तहमा पूर्वाधार विकास साझेदारी कार्यक्रम: मन्त्रालयको ध्यानाकर्षण 

स्थानीय तहमा पूर्वाधार विकास साझेदारी कार्यक्रम: मन्त्रालयको ध्यानाकर्षण 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको दायित्वबारे देशभरका सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ । 

 

मन्त्रालयले गत आवमा सञ्चालित आयोजनामध्ये कोभिड-१९ का कारण समयमै सम्पन्न हुन नसकी चालू आवमा दायित्व सरेको रकमको विवरण स्थानीय तहबाट प्राप्त हुन नसकी सिर्जित दायित्व एकिन गर्न कठिनाइ भएको भन्दै मन्त्रालयले स्थानीय तहबाट विवरण माग गरेको हो । 

 

कोभिड-१९ का कारण समयमै सम्पन्न हुन नसकी ठेक्काको म्याद थप भई हाल आयोजना सम्पन्न भएको अवस्थामा त्यसरी म्याद थप गरिएका कारण के-कति दायित्व सिर्जना भएको छ, सोको विवरण पठाउन मन्त्रालयले स्थानीय तहलाई भनेको हो ।

 

मन्त्रालयले तोकिएको समयभित्र विवरण प्राप्त नभए सिर्जित दायित्व भुक्तानीका लागि स्रोत व्यवस्थापन हुन नसके सम्बन्धित स्थानीय तह आफैं जिम्मेवार हुनुपर्नेसमेत बताएको छ ।