close

महेन्द्र माविलाई फोर्टिन स्टार फुटबल कपको उपाधि

महेन्द्र माविलाई फोर्टिन स्टार फुटबल कपको उपाधि

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको तम्घासस्थित चिदीचौर खेल मैदानमा सञ्चालन भएको तेस्रो ‘फोर्टिन स्टार फुटबल कप’ को उपाधि महेन्द्र माविले पाएको छ । प्रतियोगितामा जिल्लाका ११ विद्यालयले स्पर्धा गरेका थिए ।

 

फाइनलमा प्रवेश गरेका महेन्द्र मावि र अर्जे माविबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको पहिलो हाफमै महेन्द्र माविका कप्तानले गरेको गोल उपाधिका लागि निर्णायक बन्यो । 

 

महेन्द्र माविले ‘फोर्टिन स्टार फुटवल कप’ को उपाधि लगातार ३ वर्ष आफ्नो कब्जामा पारेको क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए ।

 

क्लबले १०औँ वार्षिकोत्सव अवसरमा फोर्टिन स्टार फुटबल कप २०७७ आयोजना गरेको थियो । ५ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन रेसुंगा नगरप्रमुख डिल्लीराज भुसाल र समापन अखिल नेपाल फुटबल संघका सह-महासचिव प्रकाश पंगेनीले गरेका थिए ।

 

पहाडका दूरदराजमा उत्कृष्ट खेल प्रतिभा भए पनि तिनको पहिचान र अवसरमा राज्यले सोच्न नसकेको उनको भनाइ छ । 

 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले क्लबले सुगम र दुर्गम सबै ठाउँका खेलाडीलाई प्रतिभा प्रस्फुटनको अवसर दिएकामा खुसी व्यक्त गरिन् । 

 

प्रतियोगितामा विजेता महेन्द्र माविले ३५ हजार नगद, मेडल र प्रमाणपत्र तथा उपविजेता अर्जे माविले २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको क्लबका उपाध्यक्ष सुरज पोख्रेलले जानकारी दिए ।

 

प्लेयर अफ द म्याचबाट अर्जे माविका कमल परियार पुरस्कृत भए । क्लबले अन्य विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरेको उपाध्यक्ष पोख्रेलले जानकारी दिए । यो मावि स्तरको सर्वाधिक राशिको प्रतियोगिता भएको क्लबको दाबी छ । 

 

यसअघि क्लबले ३३ हजार ३ सय ३३ राशिको फुटबल प्रतियोगिता आयोजना गरेको थियो । 

 

प्रतियोगितामा सदरमुकामका ७ र बाहिरका ४ विद्यालय सहभागी थिए । सदरमुकामका रिड्र्स पब्लिक हाइस्कुल, सिद्धबाबा मावि, महेन्द्र नमुना मावि, आदर्श विद्या आश्रम, गण्डकी इंग्लिस बोर्डिङ स्कुल, अर्जुन आवासीय मावि र ब्रिलेन्ट युनाइटेड एकेडेमी सहभागी भए ।

 

त्यस्तै, सदरमुकाम बाहिरबाट जनजागृति मावि हुँगा, अर्जे मावि अर्जे, रिडी मावि रिडी र मालिका मावि सिमलटारी प्रतिस्पर्धामा भाग लिएका थिए ।