close

सुर्खेतको थारु घरबासमा ओइरिँदै पर्यटक 

सुर्खेतको थारु घरबासमा ओइरिँदै पर्यटक 

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० नयाँगाउँस्थित थारु होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढ्दै गएको छ । कोरोना महामारीले ९ महिनासम्म बन्द होमस्टे सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।

 

करिब ६ कठ्ठामा सञ्चालन गरिएको होमस्टेमा दिनहुँ थारु परिकार र लब फ्रेम, जुन फ्रेममा बसेर फोटो खिच्न र टिकटक बनाउनै भए पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

 

थारु परिकारको स्वाद चाख्नलाई पनि कर्णालीका १० वटै जिल्लाबाट प्रदेश राजधानी सुर्खेत झरेका पर्यटक थारु होमस्टे खोज्दै आउने गरेको सञ्चालक जीतबहादुर चौधरीले बताए । उनले भने, ‘कोरोना महामारीले ९ महिनासम्म थला परेका होमस्टे सञ्चालनपछि चहलपहल बढ्दै गएको छ ।’

 

कर्णालीका १० वटै जिल्ला र बाँके, बर्दिया, कैलाली नेपालगञ्जसम्मका पर्यटक आउने गरेको थारु बताउँछन् । ‘होमस्टे अवलोकन गर्न आउने पर्यटकको थारु संस्कृति, परम्परा र परिकारप्रतिको झुकाव बढी छ । दैनिकजसो ४० देखि ५० जनाको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक होमस्टे अवलोकन गर्न आउने गरेका छन्’, थारुले भने ।

 

दैलेखको गुँरास गाउँपालिकाबाट सुर्खेत झरेका भूपेन्द्र बुढा सामाजिक सञ्जालमा जुन र लब पे्रmमको फोटो देखेरै सुर्खेतको घरबास आएको सुनाउँछन् ।

 

होमस्टे आएका पाहुनालाई थारु गाउँमै उत्पादित अन्दीको भात, अन्दीको झोल, सागसब्जीसँगै, ढिक्री, बटाई घोँगी, लोकल कुखुराको मासु, हाँसको छोइला, स्थानीय खोला, तलाउका माछालगायतको स्वाद चखाएर पठाउने गरेको थारुले जानकारी दिए ।

 

‘सुर्खेतमा पनि थारु होमस्टे छ भन्ने गाइँगुइँ सुनेको थिए’, कैलालीका मनोज चौधरीले भने, ‘यहाँको होमस्टेले लोभ्यायो । एकान्त वातावरण । त्यहीमाथि थारु समुदायका विभिन्न परिकारको स्वादले मनै लोभ्यायो ।’


होमस्टेमा २ सय जना अट्ने हलसँगै ११ वटा कोठा निर्माण गरिएको छ । थारु संस्कृति, परम्परा, भाषा, खानपिनको प्रवद्र्धन र संरक्षणसँगै कर्णाली प्रदेशभित्र न्यून संख्यामा सुर्खेतमा मात्र बसोबास रहेको थारु समुदायलाई प्रदेशका अन्य पहाडी जिल्लामा चिनाउन २२ लाख रुपैयाँमा होमस्टे सञ्चालन गरिएको लगानीकर्ता बताउँछन् ।