close

केदारस्युँका ३० घरधुरीले पाए बाख्रा

केदारस्युँका ३० घरधुरीले पाए बाख्रा

Trulli
ADVERTISEMENT

बझाङ/केदारस्युँ- प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले बझाङको केदारस्युँ गाउँपालिकाको वडा नम्बर ३ र ६ का ३० घर धुरीलाई बाख्रा वितरण गरेको छ । 

 

प्रगतिशील युवा समाज र वल्र्ड भिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरिएको हो । 

 

केदारस्युँको वडा नम्बर ३ मा १० वटा बाख्रा र ५ वटा पाठा, वडा नम्बर ६ मा २० वटा बाख्रा गरी ३० वटा बाख्रा वितरण गरिएको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

 

कोभिडबाट प्रभावित बालबालिकाका परिवार, दलित, आर्थिक स्थिति कमजोर भएकालाई बाख्रा वितरण गरिएको हो । बाख्रा वितरणपछि उनीहरू कृषि र पशुपालनमा आत्मनिर्भर हुने र आर्थिक स्थितिमा समेत सुधार आउने अपेक्षा गरिएको निर्देशक जोशीले जानकारी दिए ।

 

वितरण गरिएका करिब ३ लाख ६० हजार रुपैयाँ बराबरका बाख्राकोको बिमासमेत गरिएको छ ।