close

कटारीमा आगलागी, १ बालकको मृत्यु, ३ परिवारको घरगोठ जले

कटारीमा आगलागी, १ बालकको मृत्यु, ३ परिवारको घरगोठ जले

Trulli
ADVERTISEMENT

कटारी/उदयपुर- उदयपुरको कटारी नगरपालिकामा आइतबार साँझ भएको आगलागीमा परी १ बालक ज्यान गएको छ । कटारी नगरपालिका वडा नम्बर १० मा साँझ ४ बजे पालसिङको बरालथुम्कामा भएको आगलागीमा परी सुजन थापाका ३ वर्षीय छोरा अर्विन थापाको ज्यान गएको हो । 

 

घरमा केटाकेटीबाहेक अरू कोही नभएका बेला अचानक प्रकाश थापाको घर नजिकबाट सुरु भएको आगोले ३ दाजुभाइका घर, गोठ जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

 

आगलागीमा परी प्रकाश थापा, सुजन थापा, महेश्वर थापाको घर, गोठ जल्दा ३ वटै दाजुभाइका करिब ९० वटा कुखुरा, पाठा २ वटा, एउटा भैँसी जलेको स्थानीयले बताए । नगद, सुनचाँदी, गरगहनासमेत जलेर नष्ट हुँदा करिब ९० लाखको क्षति अनुमान गरिएको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

 

दिउँसो ४ बजेबाट सुरु भएको आगो साँझ ७ बजे मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि स्थानीय, सोरुङछविसे र बेतिनीको प्रहरी टोली परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय कटारीबाट थप प्रहरी सहयोगका लागि पुगेको थियो ।