close

श्रमिकलाई फलेबासको पेन्सन

श्रमिकलाई फलेबासको पेन्सन

Trulli
ADVERTISEMENT

पर्वत- पर्वतको फलेबास नगरपालिकाले श्रमिकलाई पेन्सन परिचयपत्र बाँड्न सुरु गरेको छ । नगरले वडा नम्बर ९ भगराका ४० जना श्रमिकलाई पहिलो टक पेन्सनपट्टा बाँडेको हो । 

 

पट्टा पाएका श्रमिकले अब हरेक महिना आफ्नो खर्च कटाएर ५ सय रुपैयाँ जम्मा गर्नेछन् । उनीहरूले जम्मा गरेको पैसामा नगरपालिकाले ५ सय रुपैयाँ थप्नेछ । नगर उपप्रमुख लक्ष्मी अधिकारीका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनासँगको सहकार्यमा यो अभियान थालिएको हो ।

 

श्रमिकले पेन्सन भने ६० वर्षपछि मात्रे पाउनेछन् । ‘वैदेशिक रोजगारीमा नगएका र आम्दानी नभएकालाई दिने हो’, उपप्रमुख अधिकारीले भनिन्, ‘मजदुरले कति योगदान गर्छन्, त्यसकै आधारमा पेन्सन पाउँछन् ।’ 

 

उनका अनुसार ६० वर्ष उमेरभन्दा माथिकालाई यो कार्यक्रममा समावेश गरिएको छैन । प्रधानमन्त्री केपी ओलीले ‘नयाँ युगको सुरुआत’ भन्दै कार्यक्रम लागू भएको घोषणा गरेका थिए । निजी क्षेत्रका केही व्यावसायिक फर्म यो योजनामा सामेल भए पनि नगरपालिकाले नै योजना कार्यान्वनयमा ल्याएको भने पहिलो हो ।