close

ताजकोटमा ओखर-सोरुमा ताला, परशुरामले ल्यायो गज्जवको पारा (भिडियो खबर)

ताजकोटमा ओखर-सोरुमा ताला, परशुरामले ल्यायो गज्जवको पारा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु, पालिकाले १४ सय ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने । 

 

२) स्थानीय युवाले ३ बुँदे माग राख्दै ललितपुरको महाङ्काल गाउँपालिकाको कार्यालयमा लगाए ताला, पालिकाको कामकाज प्रभावित ।

 

३) हुम्लाको ताजाकोट गाउँपालिकाद्वारा कृषकलाई ओखरका बिरुवा वितरण,  ओखर खेती विस्तारका लागि पालिकालाई संघीय सरकारको साथ।    

 

४) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ६ मंगलटारमा ‘एक आमा एक बाख्रा’ कार्यक्रम सुरु, १० जनालाई बाख्रा तथा २३ महिलालाई सँगुरका पाठा वितरण ।

 

५) तनहुँको शुक्लागण्डकी नगरपालिकाले १३ चैतदेखि गर्न लागेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताबारे ग¥यो पत्रकार सम्मेलन, प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ पाउने ।

 

६) दाङको राप्ती गाउँपालिकामा विद्यालयस्तरीय लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणसम्बन्धी १५ दिने सचेतनामूलक कार्यक्रम सुरु, प्रत्येक विद्यालयमा कार्यक्रम गरिने ।

 

७) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र गुर्भाकोट नगरपालिकाबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भगिनी सम्बन्ध स्थापना गर्ने सहमति, नगरप्रमुखबीच हस्ताक्षर ।

 

८) मुगुको सोरु गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा कर्मचारी कार्यालय नियमित नआएपछि स्थानीयले वडा कार्यालयमा १९ फागुनदेखि लगाएको ताला अझै खुलेन, कामकाज प्रभावित ।

 

९) हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सुरु, तालिम तीन दिनसम्म चल्ने।


१०) मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा-वडामा कृषि तथा पशुपक्षी सञ्जाल गठन सुरु, पशुपालक किसान लाभान्वित हुने ।

 

११) सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा लैजान  रामेछाप नगरपालिकाद्वारा दुई दिने अभिमुखीकरण कार्यक्रम, कार्यक्रममा कर्मचारीको सहभागिता ।

 

१२) विश्व पानी दिवसको अवसरमा डडेलधुराको परशुराम नगरपालिकाको आयोजनामा महाकाली नदी जलयात्रा कार्यक्रम, कार्यक्रममा जनप्रतिनिधिदेखि स्थानीयसम्मको सहभागिता ।

 

१३) ताप्लेजुङको दोभान बजारका आगलागीपीडितका लागि सहयोग जुट्ने क्रम जारी, फुङ्लिङ नगरपालिकाद्वारा पाँच लाख रुपैयाँको चेक मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई हस्तान्तरण ।

 

१४) इलामको माङ्सेबुङ गाउँपालिकाले एक जना समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता नियुक्त गर्ने, इच्छुकले १५ दिनभत्रि पालिकामा दरखास्त बुझाउनुपर्ने। 

 

१५) कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ द्वारा किसानलाई पावर टिलर वितरण, ५० प्रतिशत अनुदानमा पावर टिलर पाउँदा किसान दंग ।

 

१६) महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ मा लामखुट्टे मार्न म्याद गुज्रिएका औषधी छर्किएको खुलासा, स्थानीयमा स्वास्थ्य समस्या ।


१७) बर्दियामा बालविवाह न्यूनीकरणका लागि आठ वटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण, अब बालविवाहविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिने ।

 

१८) जुम्लाका आठ वटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट, स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न सम्झौता गर्ने काम सुरु ।

 

१९) सर्लाहीको हरिवन नगरपालिकामा रहेको इन्दुशंकर चिनी उद्योगबाट फैलिएको दुर्गन्धका कारण गाउँ नै आक्रान्त, वडा नम्बर ८ का स्थानीय आन्दोलित ।

 

२०) लेयर्स कुखुरापालक कृषकहरूलाई भोजपुरको पौवादुङमा गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा चल्ला  र दाना वितरण गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा कागजात पेस गर्नुपर्ने ।