close

कोरोना खोप नलगाए भत्ता नपाइने हल्ला निराधार: कटारी नगर 

कोरोना खोप नलगाए भत्ता नपाइने हल्ला निराधार: कटारी नगर 

Trulli
ADVERTISEMENT

उदयपुर/कटारी- उदयपुरको कटारी नगरपालिकाले कोरोनाविरुद्धको खोप नलगाए सामाजिक सुरक्षा भत्ता नपाइने हल्ला निराधार रहेको जनाएको छ । 

 

नगरपालिकामा कोरोनाको खोप नलगाए भत्ता नपाइने हल्ला ज्येष्ठ नागरिकमा परिरहेका बेला नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुरेश दाहालले इच्छाअनुसार मात्रै लगाइएको र उक्त हल्ला निराधार भएको बताए ।

 

कसैलाई खोप लगाउन आग्रह गरिए पनि अनिवार्य भने नगरेको दाहालले प्रस्ट पारे । ‘खोप इच्छाअनुसार लगाउने हो । हामीले अनिवार्य भनेका थिएनौँ,’ उनले भने ।

 

नगरलले खोप नलगाए भत्ता नदिने हल्ला सुनेपछि चिन्ता बढेको जेष्ठ नागरिकले बताएका थिए । ‘खोप नलगाए भत्ता नदिने भन्ने हल्ला सुनेर चिन्ता लागेको छ,’ कटारीको वडा नम्बर ३ का ज्येष्ठ नागरिक रामबहादुर माझीले भने, ‘खोपले ज्वरो आउँछ रे । हामी त्यसै बिरामी छौँ ।’ 

 

अधिकांश ज्येष्ठ नागरिकले लगाए खोप 


नगरपालिकामा १ देखि ५ चैतसम्मको खोप अभियानमा नगरका २ हजार ८७ जना ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । 

 

शाखाका अनुसार नगरभित्रका साविकको खोप केन्द्रबाट खोप लगाइएको हो । नगरपालिकाका १४ वटै वडाका सामाजिक सुरक्षा भत्ता लिँदै आएका ७० वर्षमाथिका ज्येष्ठ नागरिक २ हजार ३ सय ५८ जना छन् ।