close

फलेवासका श्रमिकलाई पेन्सन, पोखरामा पार्किङको टेन्सन (भिडियो खबर)

फलेवासका श्रमिकलाई पेन्सन, पोखरामा पार्किङको टेन्सन (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पर्वतको फलेबास नगरपालिकाद्वारा श्रमिकलाई पेन्सन परिचयपत्र बाँड्न सुरु, ४० जना श्रमिकले पाए पहिलो पटक पेन्सनपट्टा ।

 

२) हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम जारी, तालिम ११ चैतसम्म चल्ने ।

 

३) कास्कीको पोखरा महानगरपालिकामा सवारी पार्किङ गर्ने विषयमा विवाद, महानगरको टेण्डरविरुद्ध ४ नम्बर वडा कार्यालयले नै जारी गर्‍यो सूचना ।

 

४) म्याग्दीको दरवाङमा २७ चैतदेखि ३ वैशाखसम्म प्रथम मालिका महोत्सव आयोजना हुने, पर्यटन प्रवद्र्घनमा महोत्सवले सहयोग पुग्ने मालिका गाउँपालिकाको भनाई ।

 

५) जुम्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियान सुरु, अभियानअन्तगर्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको कानूनी शिक्षा ।


६) रूपन्देहीको सियारी गाउँपालिकाद्वारा पशुपालक किसानलाई अनुदान रकम हस्तान्तरण, ५० जना किसानले पाए अनुदान ।

 

७) काठमाडौं महानगरको राजस्व विभागद्वारा बजार अनुगमन गर्न सुरु, कर तिर्नेलाई धन्यवाद र नतिर्नेलाई कारवाहीको पत्र ।

 

८) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुर इकाइ कार्यालयबाट  ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका-१ चौघरेका किसानलाई कृषि सामग्री वितरण, २ सय बढी किसानले पाए अनुदानमा सामग्री ।

 

९) काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनमा काभ्रे भञ्ज्याङ्मा पशु शिविर सम्पन्न, शिविरबाट पशुपालक किसान लाभान्वित ।

 

१०) धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख घुस रकम फालेर भागेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादव पनि सम्पर्क विहिन, पालिकाको कामकाज प्रभावित ।

 

११) प्यूठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधीलाई कैलालीको धनगढी उपमहानगरपालिकाले गर्‍यो स्वागत, जनप्रतिनिधिबीच दुई स्थानीयतहका अनुभव आदानप्रदान ।

 

१२) मकवानपुरको कैलाश गाउँपालिका–१ को  सबै स्थानमा विद्युतीकरणको कार्य सम्पन्न, बिजुली पुगेपछि  स्थानीय दंग ।

 

१३) हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि हुने, पुरस्कारका लागि  हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने ।

 

१४) मोरङको उर्लाबारी नगरपालिकालाई आईएमई मोटर्स प्रालीद्वारा प्रवद्घित अशोक लेलैण्डले दियो सुविधा सम्पन्न दमकल, एक कार्यक्रमकाबीच  नगरप्रमुख खड्ग फागोलाई  दमकलको साचो हस्तान्तरण ।

 

१५) स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ द्धारा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु, स्वास्थ्यकर्मीको टोली  घरघरमा पुग्ने ।

 

१६) १३ देखि १५ चैतसम्म गण्डकी प्रदेशअन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्दै  तनहुँको शुक्लागण्डकी नगरपालिका, बिजेताले डेढ लाख पुरस्कार पाउँने ।

 

१७) दाङको राप्ती गाउँपालिकामा विद्यालयस्तरीय लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी १५ दिने सचेतना मूलक कार्यक्रम जारी, प्रत्येक विद्यालयमा कार्यक्रम गरिने ।

 

१८) इलामको माङसेबुङ गाउँपालिकाले एकजना समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१९) डडेलधुराको परशुराम नगरपालिकाको आयोजनामा मेयर कप भलिबल प्रतियोगिता सुरु, नगरप्रमुख भीमबहादुर साउदले गरे प्रतियोगिताको उद्घाटन ।

 

२०) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा पाँचखालमा काभ्रेका स्थानीय तहका न्यायिक समितिका प्रतिनिधिलाई क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।