close

उदयपुरमा स्थानीय तह विकास निर्माण समीक्षा

उदयपुरमा स्थानीय तह विकास निर्माण समीक्षा

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा उदयपुरका स्थानीय तह विकास निर्माणमा संलग्न कार्यालय र विकास साझेदार संस्थाहरूको आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथा आव २०७७/७८ को अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

 

गाईघाटमा २ दिनसम्म सञ्चालन भएको उक्त कार्यकमको अध्यक्षता जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य पनि सहभागी थिए ।

 

जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरू, विषयगत शाखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं संघ-संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

 

कार्यक्रममा सबै स्थानीय पालिका तथा विषयगत कार्यालयका साथै संस्था गरी २२ वटाले आफ्ना प्रस्तुति राखेको जिल्ला समन्वय समिति उदयपुरले जानकारी दिएको छ ।