close

देवदहको न्यायिक समिति: ३ वर्षमा ३०८ उजुरी

देवदहको न्यायिक समिति: ३ वर्षमा ३०८ उजुरी

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको देवदह नगरपालिकामा २०७४ देखि २०७७ पुससम्म नगरको न्यायिक समितिमा ३०८ वटा उजुरी दर्ता भएका छन् । २ सय बढी उजुरी फैसला भएका छन् ।

 

नगर न्यायिक समितिका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ७६, २०७५/७६ मा ८१, २०७६/७७ मा ८६ र आर्थिक वर्ष २०७७/७८ पुस मसान्तसम्म ६५ गरी कुल ३ सय ८ मुद्दा दर्ता भएको नगरपालिले जनाएको छ । 

 

तीमध्ये अहिलेसम्म मेलमिलापबाट १ सय ४८ न्यायिक समितिबाट फैसला भएका छन् भने ५ वटा जिल्ला अदालत पठाइएको, तामेलीमा ७२, २ वटा उजुरी फिर्ता १, बाँकी फस्र्योट नभएका र प्रक्रियामा रहेका ८० रहेको न्यायिक समिति अध्यक्ष एवं नगरपालिका उपप्रमुख विद्यादेवी गुरुडले बताइन् ।


नगरपालिकामा अहिले जग्गा विवाद, अंशबन्डा, साँधसिमाना, घरेलु हिंसा, कुटपिटलगायत उजुरी आएको गुरुडले जानकारी दिइन् ।

 

यो आर्थिक वर्षमा पनि ६५ वटा उजुरी दर्ता भएकामा १ फिर्ता भएको, ३० वटा मेलमिलापबाट समस्या समाधान भएको, २७ वटालाई मेलमिलापबाट सहमति हुन नसकी अदालत पठाइएको छ । 

 

यो वर्ष जग्गा विवाद १९ वटा, सार्वजनिक बाटो विवाद ५, अंश १२, साँधसिमाना ४, माना-चामल २, घरेलु हिंसा ७, लेनदेन ५, गालीगलौज १, सम्बन्ध विच्छेद १, कुटपिट १ र न्याय पाऊँ भन्ने ८ वटा रहेको उपप्रमुख गुरुङको भनाइ छ ।

 

न्यायिक समितिकी अध्यक्ष गुरुङले भनिन्, ‘रूपन्देहीको देवदहमा सबैभन्दा बढी उजुरी जग्गा विवादका आएका छन् । यिनलाई मिलमिलापबाट टुंग्याउने कोसिस भइरहेको छ ।’ न्याय सम्पादन गर्दा दुवै पक्षलाई राहत हुने तरिकाले काम गरिएको र सुरुमा केही समस्या भए पनि अहिले सहज भएको उनले बताइन् । 


‘नगरपालिकाको न्यायिक समितिमा उजुरी दिन्छन् । दुवै पक्षलाई बोलाउँदा कहिले कसको काम, कहिले कसको काम परेको हुन्छ । समयमा नआउनेलगायत समस्या छ’, गुरुङले भनिन् ।