close

 कोरोना छिर्यो गाउँमा, क्षयरोगी भेटिए ठाउँ-ठाउँमा (भिडियो खबर) 

 कोरोना छिर्यो गाउँमा, क्षयरोगी भेटिए ठाउँ-ठाउँमा (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) भारतमा कोरोनाको संक्रमण बढेपछि प्रदेश २ पनि उच्च सतर्कतामा, आठ जिल्लामा रहेका सीमामा हेल्थ डेस्क राख्न निर्देशन ।

 

२) रूपन्देहीको देवदह गरपालिकाको न्यायिक समितिमा ३ सय ८ वटा उजुरी दर्ता, सबैभन्दा धेरै जग्गासम्बन्धी, हालसम्म दुई सय बढीको फैसला ।

 

३) माडी नगरपालिकाको कार्यपालिका बैठकद्वारा विभिन्न ५ कार्यविधि पारित, बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल । 

 

४) डडेलधुराको परशुराम नगरपालिकाको आयोजनामा भूमि सम्बन्धि समस्या समाधानका विषयमा अभिमुखीकरण सम्पन्न, कार्यक्रममा विभिन्न निकायका सरोकारवालाको सहभागिता ।

 

५) नेपाल नगरपालिका संघ २८औं वर्षमा प्रवेश, स्थानपना दिवसको अवसरमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना । 


६) स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ द्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु, स्वास्थ्यकर्मीको टोली  घरघरमा पुग्दै । 

 

७) मकवानपुरको भीमफेदी गाउँपालिकाले जोखिम क्षेत्रको नदीजन्य पदार्थ खरिद गर्न जारी ग¥यो सूचना, इच्छुकले तीन दिन भित्र पालिकामा सम्पर्क गर्नुपर्ने ।

 

८) संखुवासभाको चैनपुर नगरपालिकाले प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने, प्रतियोगिता ११ वैशाखदेखि सञ्चालन हुने ।

 

९) २० चैतमा पर्ने सहकारी दिवस मनाउने विषयमा मोरङको लेटाङ नगरपालिकाद्वारा छलफल, सहकारीका प्रतिनिधि र जनप्रतिनिधिको सहभागितामा दिवस मनाउने टुंगो । 

 

१०) सुर्खेतको भेरीगंगा नगरपालिकाका जनप्रतिनिधि निस्किए विद्यालय अनुगमनमा, विद्यालयले गरेका कमीकमजोरी सुर्धान निर्देशन ।

 

११) दैलेखको नारायण नगरपालिका– ५ को नवदुर्गा नि माविका सयौंँ विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय तीन दिनकालागि बन्द, पठनपाठन प्रभावित ।

 

१२) कोरोना संक्रमणलाई मध्यनजर गर्दै बैतडीमा स्वास्थ्य सुरक्षामा कडाइ, क्वारेन्टिन आइसोलेसनलाई तयारी अवस्थामा राख्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयको आग्रह ।

 

१३) ताप्लेजुङका स्थानीय तहका इञ्जिनियर तथा प्राविधिकलाई ग्रीन रोड इञ्जिनियरिङबारे विश्व बन्यजन्तु कोषले दियो तीन दिने तालिम, हरित सडक निर्माणका विभिन्न विषयमा जानकारी दिइयो ।

 

१४) रूपन्देहीको बुटवल उपमहानगरपालिकाद्वारा भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड तय, बहु तले भवन निर्माण गर्दा माटो परीक्षण अनिवार्य । 

 

१५) खोटाङको साकेला गाउँपालिकाका कर्मचारीलाई कम्प्युटर सम्वन्धि तालिम, एक हप्ते तालिममा १७ जनाको सहभागिता ।

 

१६) चैतभित्र बाजुराका ८ स्थानीय तहलाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तयारी, गौमूल गाउँपालिका एकसाता पहिले नै जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिका घोषणा ।

 

१७) स्थानीय तहले विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाए, ४१ हजार क्षयरोगी अझै उपचारबाहिर, सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोग मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्ने ।

 

१८) कास्कीको मादी गाउँपालिकाका विभिन्न सातवटा वडामा सुविधा सम्पन्न कार्यालय भवन निर्माण, सेवाग्राहीलाई हुने भो सहज ।

 

१९) काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक चैतको तेस्रो सातादेखि लागू गर्ने, स्थानीय पाठ्यपुस्तक महानगरले प्रत्येक विद्यालयमा पठायो ।

 

२०)  हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताका लागि भएको पुनर्ताजगी तालिम सम्पन्न, मेलमिलाप गराउन सक्षम हुने विश्वास ।