close

टाटा मोटरमा ४ लाखसम्मको छुट

टाटा मोटरमा ४ लाखसम्मको छुट

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपालका लागि टाटा मोटरको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आउँदो दसैं अवसरमा गाडी खरिदकर्ता लक्षित ‘टाटा मोटर्स दशैं अफर’ सार्वजनिक गरेको छ । 


योजनाअन्तर्गत टाटा प्यासेन्जर गाडी खरिदमा ४ लाखसम्मको नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा उपहार तथा जुनसुकै गाडी साटफेरमा ५० हजारसम्मको ‘एक्सचेन्ज’ बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


ग्राहकले टाटा मोटरका जुनसुकै सोरुममा गएर नयाँ तथा आधुनिक डिजाइनका उत्पादन टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजलगायतका गाडी अवलोकन, टेस्ट ड्राइभ तथा खरिद गरी  योजनाको लाभ लिन सक्ने कम्पनीले बताएको छ ।