close

भलिबल खेल्न सार्वजनिक बिदा !

भलिबल खेल्न सार्वजनिक बिदा !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– मेयर कप भलिबलको उद्घाटन हुने १३ चैतमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । 

 

नगर कार्यपालिकाको ६७औँ बैठकले अन्तरपालिका स्तरीय मेयर कप रनिङ भलिबल प्रतियोगिताको उद्घाटनका दिन नगर क्षेत्रभित्र स्थानीय बिदा गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए ।

 

उनका अनुसार शुक्रबार नगर कार्यपालिकाको कार्यालय एवं अन्तर्गतका वडा, स्वास्थ्य चौकी र सम्पूर्ण शैक्षिक संस्था बन्द हुनेछन् । १३–१५ चैतसम्म हुने अन्तरपालिका स्तरीय मेयर कप भलिबल प्रतियोगिताका विजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।

 

तेस्रो हुने टिमलाई नगद ६६ हजार रुपैयाँका साथ कप, मेडल र प्रमाणपत्र दिइने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक पदमसुन्दर पालुङ्वाले बताए ।