close

गाउँ–गाउँमा प्रशासन, घर–घरमा भत्ता (भिडियो खबर)

गाउँ–गाउँमा प्रशासन, घर–घरमा भत्ता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.................................................................................................................


जोखिम फेरि बढ्यो

 

कोरोना महामारी फेरि फैलिन सुरु गरेपछि देशभरका स्थानीय तह कोरोना नियन्त्रणमा सक्रिय, स्वास्थ्य सतर्कता बढाइयो ।

 

बडिमालिकामा आपतकालीन केन्द्र


बाजुराको बडिमालिका नगरपालिकाले स्थापना ग¥यो स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, केन्द्र स्थापना गर्ने बडिमालिका जिल्लाकै पहिलो स्थानीय तह ।


गाउँ–गाउँमा पुग्यो प्रशासन 


जिल्लाका स्थानीय तहसँग जिल्ला प्रशासन कार्यालय गुल्मीले गाउँ–गाउँ पुगेर छलफल चलायो,  नागरिकमैत्री सेवाका विषयमा जनप्रतिनिधिबीच छलफल ।


महिला उद्यमीलाई अवसर


काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले एक जना महिला उद्यमी र एक महिला उद्यमी समूहलाई आर्थिक र प्राविधिक सहयोग गर्ने, इच्छुकले १७ चौतसम्म निदेदन पेस गर्नुपर्ने ।

 

चाँडो पठाउनू विवरण


शिक्षा मन्त्रालयले अहिलेसम्मको दरबन्दी मिलानको प्रगति विवरण पठाउन देशभरका १ सय ५ स्थानीय तहलाई ग¥यो परिपत्र, प्रगति विवरण पठाउन विवरण तयार गर्ने ढाँचासमेत मन्त्रालयले पठायो ।


वडा अध्यक्षले गरे बैठक बहिष्कार

 

मकवानपुरको कैलाश गाउँपालिकाको कार्यपालिका बैठक वडा अध्यक्षहरूले गरे वहिष्कार, अध्यक्ष टंक मोक्तानले बैठक तोकिएको समयमा सञ्चालन नगरेको आरोप ।


सञ्चार सेवा अवरुद्ध

 

हुम्लामा एडिएसएल र टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मारमा, मर्मतमा टेलिकमले देखाएन चासो ।

 

२४औं स्थापना दिवस मनाउँदै कमलामाई

 

सिन्धुलीको कमलामाई नगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता जारी, प्रतियोगितामा जनप्रतिनिधि र कर्मचारी सहभागी ।

 

शैलुङमामा सुरु भयो खेल प्रतियोगिता


दोलखाको सैलुङ गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, सञ्चारमन्त्री पार्वत गुरुङले गरे प्रतियोगिताको उद्घाटन ।

 

पशुलाई खोप लगाउँदै मंगला


म्याग्दीको मंगला गाउँपालिकाद्वारा पशुलाई खोप लगाउन सुरु, पूर्ण खोप अभियानअन्र्तगत गाउँ–गाउँमा टोली परिचालन ।


भत्ता वितरण नगरेपछि लाभग्राही आन्दोलित


रौतहटको बौधीमाई नगरपालिकाले समाजिक सुरक्षा भत्ता वितरण नगरेपछि लाभग्राही आन्दोलित, नगरपालिकाको कार्यालय घेराउ ।


मन्थलीमा मेयर कप २५ चैतदेखि

 

रामेछापको मन्थली नगरपालिकाले दोस्रो मन्थली मेयर कप २५ चैतदेखि सञ्चालन गर्ने, प्रतियोगितामा १५ टिमले सहभागिता जनाउने ।

 

बल्ल बैंकिङ सेवाको पहुँच पुग्यो

 

ताप्लेजुङका ९ वटै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच, कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य ।


प्रविधिमैत्री बालकक्षा सुरु

 

कैलालीको गौरीगंगा नगरपालिकामा प्रविधिमैत्री बालकक्षा सुरु, कक्षामा विद्युतीय श्रव्यदृश्य शैक्षिक सामग्रीसहित स्मार्ट टिभी जडान ।


कार्यपालिका बैठक सम्पन्न

 

म्याग्दीको बेनी नगरपालिकाको ६६ औँ कार्यपालिका बैठक सम्पन्न, बैठकले गर्‍यो विभिन्न महत्त्वपूर्ण निर्णय ।

 

फिक्कलवासीको घरघरमै भत्ता

 

सिन्धुलीको फिक्कल गाउँपालिकाद्वारा गाउँ–गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु, घरमै भत्ता पाउँदा स्थानीय दंग ।

 

सात दिनभित्र कर तिर्न निर्देशन


कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन काठमाडौँ महानगरपालिकाको निर्देशन, अब महानगरले वडा–वडामा अनुगमन टोली परिचालन गर्ने ।

 

छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक प्रहरीको फन्दामा

 

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट एक शिक्षक पक्राउ, शिक्षक किरण पाण्डेमाथि प्रहरीले थाल्यो अनुसन्धान ।

 

गुरुयोजना सार्वजनिक


तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा २० वर्षे एकीकृत विकास गुरुयोजना सार्वजनिक, योजनाअनुसार अब पालिकाले काम गर्ने ।


आठबीसकोटमा आँखा शिविर


रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको आयोजनामा निःशुल्क आँखाशिविर जारी, नगरबासी लाभान्वित ।