close

डडेल्धुरा र प्युठानमा मास्क नलगाउनेलाई कारबाही

डडेल्धुरा र प्युठानमा मास्क नलगाउनेलाई कारबाही

Trulli
ADVERTISEMENT

छिमेकी भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

 

फागु पूर्णिमा (होली) मा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

 

मास्क नलगाउनेलाई संक्रमण रोग ऐनबमोजिम कारवाही गरिने उनले जानकारी दिए । कोभिड–१९ संक्रमण भारतमा बढिरहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम देखिएकाले सरकारले ८ चैतमा विज्ञप्तिमार्फत सजग र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको थियो । 


प्युठानमा पनि मास्क प्रयोग अनिवार्य

 

देशभर पछिल्लो समय कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय प्युठानले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सूचना प्रकाशित गरेर प्रशासनले कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

 

प्युठानमा मास्क लगाउन अटेर गर्नेलाई संक्रमण रोग ऐ बमोजिम कारबाही गरिने भएको छ । कोभिड–१९ संक्रमण बढ्न नदिन गोष्ठी, सेमिनार, भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय प्युठानले नागरिकलाई सचेत गराएको छ । होलीमा भीडभाड नगर्न र घरमै बसेर मनाउन सूचना जारी गरिएको छ ।