close

गण्डकीलाई कोषको साथ, सिसडोलमा फोहरको रास (भिडियो खबर)

गण्डकीलाई कोषको साथ, सिसडोलमा फोहरको रास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.................................................................................................................

विकासमा हातेमालो गर्दै कोष


गण्डकी प्रदेशका नगरपालिकाको पूर्वाधार निर्माणमा सहयोग गर्न नगर विकास कोषद्वारा पोखरामा नगरप्रमुखहरुसँग छलफल, सहुलियत ऋण उपलब्ध गराउनुपर्ने नगरप्रमुखहरुको माग । 


माछापुच्छ्रेको सेवा बन्द

 

कोरोना संक्रमित बढेपछि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सेवा ६ दिन बन्द, सेवाग्राही मारमा ।

 

न्यौपानेले गरे केन्द्रको उद्घाटन

 

काभ्रेको पनौती नगरपालिकामा खरिबोट नागरिक आरोग्य स्वास्थ्य केन्द्र स्थापना, नगरप्रमुख भीम न्यौपानेले गरे केन्द्रको उद्घाटन ।

 

पालिकावासीको गुनासो नै गुनासो

 

बर्दियाको बारबर्दिया नगरपालिकाले प्रवाह गरेको सेवा र अन्य विभिन्न विषयमा ग¥यो सार्वजनिक सुनुवाई, पालिकावासीको गुनासो नै गुनासो ।


 दुई दिने अनुशिक्षण कार्यक्रम सम्पन्न


भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा सिरुटारका महिला समूह तथा आमा समूहका महिलालाई उद्यमी बनाउन दुई दिने अनुशिक्षण कार्यक्रम सम्पन्न, पालिकाले अब व्यवसाय गर्न खोजेको सामग्री खरिद गरी स्थानीयलाई वितरण गर्ने ।


उद्योगलाई वातावरणमैत्री हुन नगरको आग्रह

 

काभ्रेको नमोबुद्ध नगरपालिकामा सञ्चालित उद्योगलाई वातावरणमैत्री हुन नगरको आग्रह, पछिल्लो समय विकसित घटनाक्रमबारे छलफल र निर्णय गर्न नमोबुद्धारा १८ चैतमा नगरसभाको विशेष बैठक आह्वान ।

 

कोरोना नियन्त्रणमा स्थानीय तह सक्रिय 

 

कोरोना महामारी फेरि फैलिन सुरु गरेपछि देशभरका स्थानीय तह कोरोना नियन्त्रणमा सक्रिय, स्वास्थ्य सतर्कता बढाइयो ।


सिसडोलमा फोहर फाल्न अवरोध


नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहर विसर्जनमा अवरोध पु¥याए, नुवाकोटका स्थानीय १६ वटा विद्यालयमा थप ५१ जना शिक्षक दरबन्दी माग्दै फोहर फाल्न अवरोध ।


किसानले बिना धितो ऋण पाउने

 

कास्कीको रुपा गाउँपालिकाका किसानलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउन पालिका र ग्रिन डेभलपमेन्ट बैंकबीच सम्झौता, किसानले बिना धितो ऋण पाउने ।


बनेपाले दिवसको तयारी थाल्यो 


काभ्रेको बनेपा नगरपालिकाले २० चैतमा पर्ने सहकारी दिवस मनाउने विषयमा ग¥यो पत्रकार सम्मेलन, सहकारीका प्रतिनिधि र जनप्रतिनिधिको सहभागितामा दिवस मनाउने टुंगो । 


ब्लकमावासीलाई प्रमाणपत्र

 

रूपन्देहीको देवदह नगरपालिकाद्वारा गाउँ ब्लकमा रहेको जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण, ११ घरधुरीले पाए जग्गाधनी प्रमाण पूर्जा ।

 

सिप सिक्दै नगरका युवा 

 

धनुषाको सहिदनगर नगरपालिकाको आयोजनामा युवालाई निःशुल्क मोबाइल मर्मत तालिम सुरु, तालिममा नगरका युवाको सहभागिता ।

 

वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा एक महिलाको घरमा शंकास्पद रुपमा भेटिए, वडा अध्यक्ष महरा र महिला प्रहरीको नियन्त्रणमा ।


 
भलिबल प्रतियोगिता सुरु


तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, बिजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउने ।


खेले हेर्न सार्वजनिक बिदा 


ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप भलिवल प्रतियोगिता हेर्न जान दियो नगरमा सार्वजनिक बिदा, विजेताले २ लाख २१ हजार १ सय रुपैयाँ पुरस्कार पाउने ।

 

सीप सिक्दै चाँगुका महिला

 

भक्तपुरको चाँगुनारायण नगरपालिकाले दियो उप्रप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत  महिलालाई एक महिने बेकरी तथा कफी बनाउने तालिम, तालिममा ४० जना महलिाको सहभागिता ।

 

पुस्तकमा रामेछाप अटाइयो 


रामेछाप नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण, नगरपालिकाले गर्‍यो पुस्तक सार्वजनिक ।

 

आँखा शिविर सम्पन्न

 

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को आयोजनामा निःशूल्क आँखा शिविर सम्पन्न, शिविरमा विज्ञ चिकित्सकबाट आँखा परीक्षण ।

 

मलको मुल्य तोकियो

 

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले रासायनिक मलको मुल्य तोक्यो, अब किसानले चर्को मुल्य तिरे मल खरिद गर्नुनपर्ने ।

 

कुकुरको बन्ध्याकरण तथा खोप शिविर संचालन

 

स्याङ्जाको वालिङ नगरपालिकाको आयोजनामा नगरभित्रका सामुदायिक तथा घरमा पालिएका कुकुरको बन्ध्याकरण तथा खोप शिविर संचालन ।