close

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेस गरेको उक्त प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

 

बर्सेनि रासायनिक मल अभावमा किसानले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् ।

 

‘हामीले मलको तत्कालीन समस्या समाधान गरिसकेका छौ । दीर्घकालीन समस्या समाधान गर्न सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ’, मन्त्री अर्यालले भनिन्, ‘यस वर्ष मल अभावमा किसान छटपटाउनुपर्ने छैन भने उत्पादनमा कमी आउने छैन । मध्यकालीन समस्या समाधानका निम्ति प्रक्रिया अगाडि बढाएका छौँ ।’

 

मन्त्रिपरिषद् बैठकले रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रासायनिक कारखाना स्थापना गर्न प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो । 

 

सार्वजनिक÷निजी साझेदारी (पिपिपी) मोडालिटीमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक मल कारखानाको पूर्वाधार निर्माण गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।