close

खर्च नहुने बजेट १४ दिनभित्रै पेस गर्न मुख्यमन्त्रीको ताकेता

खर्च नहुने बजेट १४ दिनभित्रै पेस गर्न मुख्यमन्त्रीको ताकेता

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खर्च हुन नसक्ने बजेट शीर्षक र रकमको विवरण २ साताभित्र पेस गर्न मन्त्रालयहरूलाई निर्देशन दिएका छन् ।

 

प्रदेश विकास समस्या समाधान समितिको बैठक एंव दोस्रो चौमासिक प्रगति समीक्षा बैठक समापनमा अवसरमा खर्च गर्न नसक्ने शीर्षकको बजेट काम भएर रकम अभाव भएका कार्यक्रममा खर्चिने गरी अघि बढ्ने उनले बताए । ‘कतै बजेट खर्च नहुने, कतै बजेट अभाव हुने प्रवृति अन्त्य गरिनुपर्छ’, मुख्यमन्त्री पोखरेलले भने ।

 

विकास आयोजनाको डिपिआर तयार गर्दा आवश्यकता, बजेटको क्षमता र औचित्यका आधारमा तयार गर्न निर्देशन निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले अस्पताल, रंगशाला, सडकलगायत विकास आयोजनाको डिपिआर तयार हुने तर बजेटले नभ्याउने प्रवृत्ति अन्त्य हुनुपर्ने आवश्यकता औँल्याए । 

 

बहुवर्षीय आयोजनालाई बजेट अभाव हुन नदिने गरी मन्त्रालयहरूले प्राथमिकता दिएर अघि बढ्नुपर्ने पोखरेलको निर्देशन छ ।

 

आर्थिक वर्षको अन्तिम ४ महिना बजेट कार्यान्वयनको महत्त्वपूर्ण समय भएकाले कामको गति अझै बढाउन र अनुगमनमा जोड दिन उनले आग्रह गरे । त्यसका लागि अनुगमनमा जाँदा स्थानीय सञ्चार माध्यमलाई अनिवार्य जानकारी गराउसमेत सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।

 

मन्त्रालय र मातहतका निकायको दोस्रो चौमासिक समीक्षा २ दिनसम्म सञ्चालन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले बताए ।