close

शिवराजको २ नम्बर वडा सुरक्षित खानेपानी वडा घोषणा 

शिवराजको २ नम्बर वडा सुरक्षित खानेपानी वडा घोषणा 

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)-  कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ सुरक्षित खानेपानी वडा घोषणा भएको छ । उक्त वडाका वासिन्दाले आफ्नै घरआँगनामा जोडिएका धारामार्फत स्वस्थ खानेपानी सुविधा पाउँदै आएका छन् । 

 

जडान गरिएका सामुदायिक धाराबाट मानव स्वास्थ्यमा असर गर्ने हानिकारक तत्त्व ई–कोली र आर्सेनिक सघन मापदण्ड पूरा गरेको खानेपानी उपलब्ध गराइने खानेपानी डिभिजन कार्यालय रूपन्देहीका प्रमुख दासकुमार चौधरीले बताए । 

 

वडा नम्बर २ मा नल्का खानेपानी तथा सरसफाइ आयोजनाका १३ वटा समूहले वडाभित्रका ९९५ घरधुरीमा ७७२ वटा नल्का प्रयोगमा रहेको र २२ वटा नल्कामा आर्सेनिक मात्रा बढी भएकाले बन्द गरिएको सरसफाइ समितिका मणि पराजुलीले सुनाए ।

 

वडा नम्बर २ मा ७५० वटा नल्का खानेपानीका रूपमा प्रयोगमा रहेको र ५ हजार ८ सय ३२ व्यक्ति लाभान्वित भएको वडाध्यक्ष रामबहादुर चौधरीले बताए । 

 

कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले मानव जीवनका लागि शुद्ध खानेपानी आवश्यक रहेकामा जोड दिए । विस्तारै सम्पूर्ण वडालाई शुद्ध पिउने पानीमा योग्य बनाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

 

लुम्बिनी प्रदेश सांसद अर्जुनकुमार केसीले प्रदेश सरकारको सबैका घर–घरमा शुद्ध पिउने पानी पु¥याउने लक्ष्य रहेको बताए । 

 

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले शिवराज नगरपालिकाको वडा नम्बर २ मा १२ करोड रुपैयाँको खानेपानी योजना निर्माणका लागि रकम विनियोजन गरिएको जानकारी दिए । अबको ३ वर्षमा लुम्बिनी प्रदेशका सबैको घर–घरमा शुद्ध पिउने पानी पु¥याउने योजना रहेको उनको भनाइ छ । 

 

कार्यक्रम नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर चौधरीको अध्यक्षता र देवराज खनालको सञ्चालनमा सम्पन्न भएको हो ।