close

जनतासँग मेयर–उपमेयर कार्यक्रम

जनतासँग मेयर–उपमेयर कार्यक्रम

Trulli
ADVERTISEMENT

प्युठान– प्यूठान नगरपालिकाले जनतासँग मेयर–उपमेयर कार्यक्रमअन्तर्गत सहकारी संस्था तथा कृषकलाई विभिन्न सामग्री वितरण गरेको छ । नगरपालिकाभित्रका १० वटा सहकारी संस्थालाई कम्प्युटर, प्रिन्टर, स्टिल दराज, प्लास्टिक कुर्सी वितरण गरिएको हो ।

 

त्यसैगरी ८ जना कृषकलाई कुटानी पिसानी मिल प्रदान गरिएकोे छ । सहकारीको संस्थागत विकाससँगै दैनिक कार्य प्रणाली सुधारमा सहयोग पु¥याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

 

कृषकलाई कुटानी पिसानीको समस्या भएपछि ती सामग्री हस्तान्तरण गरिएको मेयर कक्षपतिको भनाइ छ । नगरका दुर्गम क्षेत्रलाई दृष्टिगत गर्दै मिल प्रदान गरिएको उनले जानकारी दिए ।

 

उपप्रमुख शान्ता आचार्यले अनुदानको सही सदुपयोग गरी आयआर्जनमा लाग्न कृषकलाई आग्रह गरिन् । रकम अभावमा व्यवसाय गर्न नसक्ने बिपन्न परिवारलाई अनुदानले स्वरोजगार बन्ने अपेक्षा नगरले लिएको उनले बताइन् ।