close

धार्मिक पर्यटक पर्खंदै भक्तपुरको पञ्चमहालक्ष्मी मन्दिर 

धार्मिक पर्यटक पर्खंदै भक्तपुरको पञ्चमहालक्ष्मी मन्दिर 

Trulli
ADVERTISEMENT

भक्तपुर– मुलुकको सानो जिल्ला भक्तपुर सम्पदा तथा सांस्कृतिक रूपमा धनी छ । यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक, सम्पदा तथा परम्पराले पर्यटकलाई लोभ्याइरहेका छन् ।

 

नेपाल घुम्न आएका हरेक पर्यटकको मुख्य पर्यटन गन्तव्यको रूपमा भक्तपुर पर्न थालेको छ । स्थानीय तह लागू भएछि यहाँका हरेक क्षेत्रमा विकासको लहर छाएको छ । सडकदेखि सम्पदा निर्माणका लागि स्थानीय सरकार मात्रै होइन, सरोकारवाला निकायसमेत जुटेका छन् ।

 

यस्तै अवस्थामा छ, चाँगुनारायाण नगरपालिकाको पञ्चमहालक्ष्मी मन्दिर ।  वडा नम्बर ५ स्थित छालिङमा पर्ने यो मन्दिरमा महालक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मीको महिमा रहेको विश्वास स्थानीयमा छ । गुरु वासुदेव कौडिन्य शास्त्रीका अनुसार २०५७ मै मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य महाराज (मुक्तिनाथ बाबा)बाट गौशालाकाे वनकालीमा आाश्रमकाे स्थापना गर्ने उद्घाेषा भएकाे थियाे ।

 

त्यसपछि महायज्ञ गरी १ जना दाताबाट संस्कृत गुरुकुल स्थापना भएको छ । अहिले गुरुकुल शिक्षा अध्यापन सुरु भएको छ । तर, कोरोना महामारीका कारण उक्त गुरुकुल हाल बन्द भए पनि नयाँ वर्षमा सञ्चालन गर्ने योजना रहेको उनले बताए । २०६५ मा पञ्चमहालक्ष्मी माताको शिलान्यास गरी डेढ वर्षमा मन्दिरको प्राणप्रतिष्ठा भएको हो । 

 

मन्दिरको पश्चिमतर्फ गौशालासँगै पुष्पकरणी अर्थात् कमलपोखरी, पूर्वतर्फ नेपाल आमाको मन्दिर, दक्षिणतर्फ बाग गुफा र उत्तरतर्फ मन्दिर संरक्षण हुँदै आएको छ । त्यसका लागि चाँगुनारायण नगरपालिका, सहरी विकास मन्त्रालय, प्रदेश सरकार तथा भक्तहरूको चन्दामार्फत काम भइरहेको छ ।

 

मन्दिरमा धार्मिकसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य गुरु वासुदेवले लिएका छन् । मन्दिर निर्माणका लागि प्रदेश सरकार, सहरी विकास मन्त्रालय र चाँगुनारायण नगरपालिकाले सहयोग गर्दै आएका छन् । निर्माण कार्यका लागि भारतबाट कालीगढ ल्याइएको उनले बताए । 

 

‘यहाँ बौद्धिक गाईको संरक्षण पनि हुँदै आएको छ । कोरोना महामारीले बन्द भएको गुरुकुल शिक्षा नयाँ वर्षसँगै सञ्चालन गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने ।

 
नगरको पर्यटकीय गन्तव्य भएकाले पालिकाको मुख्य स्थलको रूपमा मन्दिरलाई लिन सकिने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । मन्दिर संरक्षणका लागि नगरपालिकामार्फत विनियोजन भई काम भइरहेको उनले जानकारी दिए ।