close

पालिकाबासीलाई स्वराेजगार बनाउँदै तिलोत्तमा

पालिकाबासीलाई स्वराेजगार बनाउँदै तिलोत्तमा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले युवा बेरोजगार हटाउन स्वरोजगार तालिम सञ्चालन गर्ने भएको छ ।

 

नगरपालिकाबाट युवाहरूलाई पूर्ण रोजगारी सुनिश्चिततासहित प्रविधिमैत्री र सोहीअनुसारका सीप विकास तालिम सञ्चालन गर्न लागिएको सूचना, सञ्चार तथा प्रविधि उपशाखा प्रमुख इन्जिनियर सुदीप ढकालले बताए ।

 

सीपसँगै रोजगार चाहने युवाका लागि तालिम लिन सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन भर्न आग्रह गरिएको उनले जानकारी दिए । ‘प्रशिक्षार्थीबाट तालिमबापत कुनै शुल्क नलिइने र तालिम सामग्रीसमेत निःशुल्क उपलब्ध गराउँछौँ’, ढकालले भने । तर, धरौटीबापत भने ३ हजार रुपैयाँ तोकिएको उनको भनाइ छ ।

 

स्वरोजगार तालिम अवधि ६ महिने हुनेछ भने २ महिना पूर्ण तालिम हुनेछ । पूर्ण तालिममा प्रतिमहिना ५ हजार रुपैयाँ खाजा तथा यातायात खर्चको रूपमा प्रशिक्षार्थीलाई उपलब्ध गराइनेछ ।

 

तिलोत्तमाका युवाका लागि यो अवसर पनि भएकाले आवेदन दिन आग्रह गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जनाए ।