close

गरिमा बैंकको ‘रहनुहोस् होसियार’ अभियान

गरिमा बैंकको ‘रहनुहोस् होसियार’ अभियान

Trulli
ADVERTISEMENT

काठमाडौं- गरिमा विकास बैंकले समग्र बैंकिङ प्रणालीमा बढ्दो इन्टरनेट (फ्रड) दुरुपयोगबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्ना सबै सामाजिक सञ्जालबाट १ महिने ‘रहनुहोस् होसियार’ नामक अभियान चलाइरहेको छ ।

 

अभियानअन्तर्गत हरेक दिन बैंकले इन्टरनेट फ्रड-दुरुपयोगसम्बन्धी विभिन्न चेतनामूलक साम्रगी आफ्ना सामाजिक सञ्जालबाट प्रकाशित गर्दै आएको हो ।

 

चिठ्ठा परेको भन्दै बैंकिङ विवरण मागेर मोबाइल बैंकिङमार्फत हुने ठगी र अरूलाई आफ्नो बैंकिङ विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोस्ट, अडियो र भिडियोमार्फत बैंकले चेतनामूलक सूचना फैलाइरहेको छ । 

 

अभियानअन्तर्गत बैंकको आईटी विभागले सबै कर्मचारीलाई नियमित रूपमा प्रशिक्षणसमेत गरिरहेको छ । हाल बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालय एवं ५१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।