close

क्यासलेस प्रविधिमा जाँदै तिलोत्तमा

क्यासलेस प्रविधिमा जाँदै तिलोत्तमा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले क्यासलेस कारोबारका लागि नगरभरका सबै व्यापार व्यवसायमा क्यूआर कोड राख्ने भएको छ । 

 

डिजिटल नगर निर्माणको अभियानस्वरूप वडा तथा टोलमा रहेका सम्पूर्ण साना-ठूला व्यापार व्यवसायमा क्यूआर कोड अनिवार्य गर्न सेवाप्रदायक संस्थाको नाममा सूचना जारी गरेको छ ।

 

सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाले निःशुल्क रूपमा क्यूआर कोड वितरण गर्नुका साथै निःशुल्क खाता खोल्ने गरी ७ दिनभित्र नगर कार्यालयमा आवेदन दर्ता गर्न आग्रह गरेको छ । 

 

नगरपालिकाले सूचना जारी गर्दै सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाहरूको निवेदन मिति तथा त्यसका सेवा कार्यालयको संख्या र स्थानको अध्ययन गरी छनोट गरिनेछ । 

 

छनोट भएका बैंक तथा वित्तीय संस्थाले २ महिनाभित्र आफूले जिम्मा लिएका नगर क्षेत्र तथा वडाका व्यापार, व्यवसायमा निःशुल्क खाता खोल्नुका साथै उपभोक्तालाई क्यूआर कोड वितरण गर्र्नुपर्नेछ ।