close

६ महिना नबित्दै सरुवामा परे प्रजिअ, जनपथ र सशस्त्र प्रहरी प्रमुख 

६ महिना नबित्दै सरुवामा परे प्रजिअ, जनपथ र सशस्त्र प्रहरी प्रमुख 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक सरुवामा परेका छन् ।

 

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । उनको ठाउँमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रूपन्देहीमा प्रजिअ भएर आएका हुन् । घिमिरेलाई पर्साको सिडियो बनाइएको छ । 

 

रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ ।

 

अर्थमन्त्री विष्णु पौडेल २१ फागुनमा बुटवलको रानीगञ्ज मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासमा जाँदा स्थानीयको विरोधपछि बिथोलिएको र कार्यक्रम छाडेर हिँड्नुपरेको घटनालाई लिएर प्रजिअसहित सुरक्षा प्रमुखको सरुवा गरिएको अनुमान छ । सरुवा भएको २ वर्षसम्म एक ठाउँमा बस्ने नियम भए पनि राजनीतिकै कारण कर्मचारी फेरबदल गरिएको स्थानीय बताउँछन् ।