close

शोकमा डुव्यो मोहन्याल, रोगमा डुव्यो नख्खु  (भिडियाे खबर)

शोकमा डुव्यो मोहन्याल, रोगमा डुव्यो नख्खु  (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.................................................................................................................

 

 

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन


कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन, पालिकाबासी शोकमा ।


गल्याङमा राष्ट्रपति रनिङ सिल्ड सुरु


स्याङ्जाको गल्याङ नगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड सुरु, प्रतियोगितामा विद्यार्थीको सहभागिता ।

 

गौमूलमा प्रभावकारी बन्दै स्वास्थ्य सेवा 

 

बाजुराको गौमूल गाउँपालिकाद्वारा मेडिकल अधिकृतसहित अन्य स्वास्थ्यकर्मी भर्ना गरेर अस्पताल सञ्चालन, गौमूलमा प्रभावकारी बन्दै स्वास्थ्य सेवा ।


प्रविधिमा जाँदै तिलोत्तमा


रूपन्देहीको तिलोत्तमा नगरपालिका डिजिटल नगर निर्माणमा जुट्यो, क्यासलेस कारोबारका लागि नगरभरका सबै व्यापार व्यवसायमा क्यूआर कोड राखिने ।


सावधानी अपनाउन महानगरको आग्रह


वायु प्रदूषण बढेपछि अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन महानगरबासीलाई पोखरा महानगरको आग्रह, पछिल्लो समय पोखरामा कोरोना संक्रमित पनि बढे ।


वडा कार्यालयमा लगाएको ताला खोलियो


खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ को वडा कार्यालयमा स्थानीयले लगाएको ताला १३ दिनपछि खोलियो, खानेपानी आयोजना रद्ध र बादेल–बिस्काम सडक उपभोक्ता समिति पुनर्गठन गर्ने सहमति ।

 

वडा–वडामा स्वास्थ्य बिमा कार्यक्रम


सरकारले अब प्रत्येक पालिकाका वडाहरूबाटै स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुनेहरूको सूची दर्ता गर्ने, वडामा एक–एक जना दर्ता कर्मचारी नियुक्त गर्ने बिमा बोर्डको तयारी ।


विद्यार्थी एकाएक बिरामी पर्न थाले

 

बाजुराको बूढीगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बिरामी पर्न थाले, नगरपालिकाले औषधीसहित स्वास्थ्यकर्मीको टोली विद्यालयमा पठायो ।


बैंकमार्फत भत्ता वितरण गर्न मन्त्रालयको परिपत्र


सबै स्थानीय तहलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न संघीय मन्त्रालयको परिपत्र, लाभग्राहीको अभिलेखसमेत यकिन गरी बैंकिङ प्रणालीबाट वितरण गर्नुपर्ने ।


पाठ्यक्रम तथा कार्यपुस्तक प्रबोधीकरण कार्यक्रम सम्पन्न


काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनामा दुईदिने एकीकृत पाठ्यक्रम तथा कार्यपुस्तक प्रबोधीकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिको सहभागिता ।


सम्झौता कार्यान्वयन गर्न माग

 

नुवाकोटको  ओखरपौवास्थित  सिसडोल  ल्यान्डफिल्ड  साइट  क्षेत्रका  प्रभावित  स्थानीयबाट फोहोर विसर्जनमा अवरोध, काठमाडौं महानगरलगायत उपत्यकाका नगरपालिकासँग यसअघिको सम्झौता कार्यान्वयन गर्न माग ।

 

पौवादुङमाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने


भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने, कृषकलाई मौरीसहितको ७७ घार वितरण ।


सिँचाइ बोरिङको शिलान्यास

 

कञ्चनपुरको वेदकोट नगरपालिकाको भम्का बस्तीमा नगरप्रमुख अशोकुमार चन्दले गरे सिँचाइ बोरिङको शिलान्यास, अब खेतबारीमा सिँचाइ गर्न सहज हुने ।


बालविवाह न्यूनीकरणमा जुट्यो मालिकार्जुन


बालविवाह न्यूनीकरणका लागि जुट्यो दार्चुलाको मालिकार्जुन गाउँपालिका, पालिकाले २०८० सम्म बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने ।

 

किशोरीलाई आत्मरक्षा तालिम


गुल्मीको रेसुंगा नगरपालिकाले किशोरीलाई दियो आत्मरक्षा तालिम, तालिममा २०० किशोरीको सहभागिता ।


हरेक गाउँ सडक सञ्जालसँग जोडिए


लमजुङको बेँसीसहर नगरपालिकामा तीन वर्षको अवधिमा २९ वटा सडक कालोपत्रे सम्पन्न, नगरभित्रका हरेक गाउँ सडक सञ्जालसँग जोडिए ।

 

नख्खु क्षेत्रमा बर्ड फ्लु भेटियो


ललितपुर महानगरपालिकाको नख्खु क्षेत्रमा कृषकले पालेका पशुपंक्षीमा बर्ड फ्लु भेटियो, कुखुरा, अण्डा र दाना नष्ट ।

 

वडा अध्यक्षमाथि अनुसन्धान सुरु


महिलासँग शंकास्पद रुपमा भेटिएका बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थाल्यो, वडा अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने स्थानीयको माग ।

 
२४ चैतभित्र राष्ट्रपति रनिङ सिल्ड सक्न निर्देशन


२४ चैतभित्र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गर्न प्रदेशभरका स्थानीय तहलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयको परिपत्र, मन्त्रालयले परिवर्तित तालिका पठायो ।


पदमार्ग निर्माण सुरु

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधारशिविर जोड्ने पदमार्ग निर्माण सुरु ।